काठमाडौं। नेपालको ८ महिनाको वैदेशिक व्यापारको अवस्था त्यति सन्तोषजनक देखिएको छैन । गत वर्षको फागुनमसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापार २० प्रतिशतले घटेको छ । नेपालले गत वर्ष १४ खर्ब ५६ अर्बको वैदेशिक व्यापार गर्दा अहिले भने ११ खर्ब ६३ अर्बको मात्र व्यापार गरेको छ । फागुन महिनासम्मको व्यापार घाटा ९ खर्ब ५३ अर्ब पुगेको छ । अधिकांश देशहरूसँग नेपालको व्यापार घाटामा हुँदा ३४ देशसँग भने नेपालको वैदेशिक व्यापार फाइदामा रहेको छ ।
नेपालको वैदेशिक व्यापार फाइदामा गएका देशमा डेनमार्क सबैभन्दा माथि छ । डेनमार्कबाट नेपालले २२ करोड ७८ लाखको वस्तु आयात गर्दा त्यहाँ ६२ करोड १८ लाख बराबरको वस्तुनिर्यात गरेको छ । डेनमार्कसँग नेपालको वैदेशिक व्यापार ३९ करोड ४० लाखले फाइदामा रहेको छ।
त्यस्तै दोश्रोमा अल्जेरिया रहेको छ। अल्जेरियाबाट नेपालले कुनै पनि आयात नगर्दा ७ करोड ३० लाखको सामान निर्यात गरेको छ ।
तथ्यांक श्रोत : भन्सार विभाग