IME Life

नरेन्द्र सिंह भाटलाई शारिरिक असक्तताले छेकेन सफल अभिकर्ता बन्न, एक वर्षमै एमडीआरटीको लक्ष्य पुरा

SPIL
NIC ASIA

काठमाडौं । बैतडी जिल्लाको पाटन नगरपालिका वडा न.८ मा रहेको एक हार्डवेयर पसलमा व्यस्त हुन्छन् नरेन्द्र सिंह भाट । उनी मात्र नभई उनलाई सहयोग गर्ने अन्य कामदार पनि व्यस्त हुन्छन् । इन्टर लेबलसम्मको अध्ययन गरेका उनले पारिवारिक जिम्मेवारी वहन गर्न व्यवसाय रोजे । उनको आत्मविश्वास र मिहेनतले उनलाई एक सफल व्यवसायी बन्न सहयोग गर्याे । व्यवस्तताका बाबजुद नरेन्द्र बीमा क्षेत्रमा सक्रिय छन् । उनले आफ्नो दैनिक व्यवसायबाट केहि समय छुटाएर बीमा बारे अन्यलाई जानकारी दिँदै आएका छन् । बीमा प्रतिको लगावले गर्दा उनी थोरै समयमा नै एजेन्सी म्यानेजरको पद हाँसिल गर्न सफल भएका छन् । यति मात्र नभई एमडीआरटी २०२३ को लक्ष्य समेत पुरा गरेका छन् ।

यसरी सुरु भएको थियो उनको अभिकर्ता यात्रा
नरेन्द्रले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको डडेलधुरा ब्रान्चबाट आफ्नो बीमा गराएका थिए । ५० लाख रुपैयाँ बीमाङ्क रहेको मनिब्याक पोलिसि खरिद गरेका उनले बीमा गरेको पहिलो बर्षमै मनिब्याक प्राप्त गर्न थाले । आफू शारिरिक रुपमा अशक्त भएता पनि व्यवसायमा संलग्न भएका उनलाई बीमाले थप आर्थिक रुपमा सक्षम हुन सघाउ पुर्यायो ।

Prabhu
Crest

यसरी आफूले बीमा मार्फत सेवा प्राप्त गर्न थालेपछि आफ्नो वरपर रहेकालाई पनि बीमाबाट प्राप्त हुने सेवामा संलग्न गराउन उनी उत्सुक बने । यहि उत्सुक्ताकै कारण २०७८ पुष महिनाबाट अभिकर्ता पेशा सुरु गरे । उनले यस अवधिमा थुप्रैलाई बीमासँग जोड्न सघाएका छन् । जसबाट उनी आर्थिक रुपमा सबल त बनेका छन् नै साथमा अरुलाई पनि आर्थिक संकटबाट जोगाउन सफल भएकोमा खुशी व्यक्त गर्छन् ।

एक वर्षमै एमडीआरटीको लक्ष्य पूरा
वैतडी पाटन नगरपालिका वडा न. ९ स्थित घर भई वडा न.८ मा रौनेश्वर ट्रेडर्स एण्ड सप्लायर्स संचालन गर्दै आइरहेका छन् अभिकर्ता नरेन्द्र सिंह भाटले । यससँगै करिब एक वर्षभन्दा अगाडीदेखि अभिकर्ता पेशामा पनि संलग्न छन् उनी । उनी हाल एजेन्सी म्यानेजरको रुपमा रहेका छन् । साथै उनले २०२३ को एमडीआरटी को लक्ष्य पुरा गरिसकेका छन् । अभिकर्ता पेशाप्रतिको लगाव र मिहेनतका कारण उनले २०७८/०७९ को सेल्फसँगै ग्रुप विजनेश दुवैमा टप गर्न सफल भएका छन् ।

उनले आफूसँगै आफ्नो परिवारका सम्पूर्ण सदस्यको पनि बीम गराएका छन् । दुई सन्तान र श्रीमतीको मात्र नभई उनले आफ्नो व्यवसायमा कामदारको रुपमा आबद्ध रहेका करिब १० जनाको पनि बीमा गराएका छन् ।

मनग्य आम्दानी मात्र नभई समाजसेवा गरेको सन्तुष्टि
बीमा अभिकर्तालाई स्वःव्यवसायको रुपमा लिन्छन् नरेन्द्र । अरु कुनै काम वा व्यवसायमा संलग्न भएपनि अभिकर्ता पेशा गर्न सकिने भएको हुँदा यो पेशालाई उत्कृष्ट पेशाको रुपमा लिनछन् उनी । साथै यो पेशाबाट मनग्य आम्दानी मात्र नभई समाजसेवा गरेको सन्तुष्टि मिल्ने उनी बताउँछन् । विशेषत आफूजस्तै शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई बीमाबाट लिन सकिने फाइदा प्रदान गर्न तत्पर छन् उनी ।

शारिरिक रुपमा अशक्त भएका व्यक्तिलाई आर्थिक रुपमा सक्षम बनाउन बीमाले सहयोग गर्छ भन्ने उदाहरण उनी स्वयम रहेको हुँदा बीमा बारे बुझाउन उनलाई सजिलो भएको छ । आफ्नो पसलमा आउने ग्राहक, नाता–आफन्त, परिवारका सदस्य सबैलाई बीमाबारे जानकारी दिँदै गर्दा उनी आफूले लिइरहेको फाइदाबारे जानकारी दिन्छन् । जसले गर्दा जोकोही पनि बीमा गर्न सजिलै मान्ने गरेको उनी बताउँछन् ।
परिवारमा एक व्यक्तिको बीमा गराउँदा सिंगो परिवार नै भविष्यमा आइपर्ने आर्थिक समस्याबाट जोगिने हुँदा समाजसेवा गरेको भान हुने नरेन्द्रको भनाई छ । आगामी दिनमा पनि आफू यहि पेशामा संलग्न भई निरन्तर सेवा गर्ने उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

7%

दु :खी

13%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS