IME Life

६० वटा चल्लाबाट सुरु भएको कुखुरा पालन २५ वर्षमा २० हजारको क्षमतामा पुग्यो, यहि पेशालाई निरन्तरता दिने व्यवसायी बस्नेतको योजना

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा व्यवसायको राम्रो अवसरको रुपमा रहेको कुखुरा पालन व्यवसाय धेरैको रोजाइमा पर्ने गरेको छ । केहि समय वैदेशिक रोगजारमा विताएकाहरु नेपाल फर्किएपछि यहि पेसामा आकर्षित हुने गरेका छन् । सरकारले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेपछि यो क्षेत्र थप फष्टाउन थालेको हो । यहि व्यवसायमा विगत २५ वर्षदेखि रमाउँदै आइरहेका छन् काठमाडौं, तारकेश्वर फुटुङका श्याम कुमार बस्नेत । उनले कुखुरा पालन व्यवसायमा आफूमात्र नभई आफ्नो परिवारलाई नै यो पेशामा संलग्न गराएका छन् ।

६० वटा ब्रोइलरबाट सुरु भएको थियो श्याम कुमारको कुखुरा पालन
श्यामकुमार बस्नेतले ६० वटा ब्रोइलर कुखुराबाट सुरु गरेका थिए कुखुरा पालन व्यवसाय । उनले आफ्नो घरको एउटा कोठाको आधा भागमा कुखुरा र आधा भागमा आफू बसेर सुरु गरेको व्यवसायले २५ वर्षको व्यवसायीक यात्रा पूरा गरेको छ ।
६० वटाबाट सुरु गरेको व्यवसाय फष्टाउँदै गएपछि उनले कुखुराको संख्यासँगै फार्मको संख्या पनि बढाउँदै लगे । उनको बुबाले पनि कुखुरा पालन गरेका थिए । बुबाले सुरु गरेको पेशालाई निरन्तरता दिन उनी पनि कुखुरा फार्ममा रमाउन थाले । करिब ७ वर्षसम्म उनी ब्रोइलर पालनमै सक्रिय रहे ।

Prabhu
Crest

७ वर्षपछि लेयर्स कुखुराले भरियो फार्म
चल्ला हालेको ४५ देखि ५० दिनमा बजार निर्यात हुने ब्रोइलर कुखुराको फार्म करिब ७ वर्षपछि लेयर्स प्रजातीले भरियो । घरको सानो कोठाबाट सुरु भएको उनको व्यवसायले फरक फरक स्थानमा फार्म निर्माण गर्न सफल भयो । एकै ठाउँमा फार्म बनाउँदा रोग लागेपछि क्षति धेरै हुने भएकोले फरक फरक ठाउँमा मार्फ निर्माण गरि कुखुरा पाल्ने गरेको उनी सुनाउँछन् ।
लेयर्स कुखुरा पाल्न सुरु गरेको करिब १९ वर्ष वितिसकेको छ । उनको फार्मबाट उत्पादन हुने अण्डा काठमाडौंमै खपत हुने गरेको छ ।

कुखुरा पालनसँगै दाना डिलर, दैनिक १६ हजार बढी कुखुरालाई दाना सप्लाई
कुखुराको संख्या बृद्धि भएसँगै बढ्दै गएको मार्फममा दैनिक सयौं टन दाना उपभोग हुन थालेपछि व्यवसायी बस्नेतले दाना डिलर पनि सुरु गरे । उनले आफ्नो फार्मसँगै अन्य फार्ममा पनि दाना सप्लाइको गर्न थाले । हाल उनले आफ्नो फार्मसहित दैनिक १६ हजार कुखुरालाई दाना सप्लाई गर्दै आएका छन् । २० हजारको क्यापसिटि भएता पनि हाल केहि फार्म खाली रहेको छ ।

उनको यो काममा भने उनका दुई भाई छोराले सहयोग गर्दै आएका छन् । बजारमा अन्डाको मार्केटदेखि कुखुराको हेरचाहसम्म छोराहरुले गर्दै आएका छन् । उनको बुबाले सुरु गरेको काम उनी मार्फत छोराहरुसम्म आइपुगेको छ । आफ्नो पुर्खाैली पेशा भन्न रुचाउने उनी कुखुरा पालनको विकल्प अन्य व्यवसाय नरहेको बताउँछन् ।

व्यवसाय गर्ने क्रममा उनले थुप्रै समस्याहरु भोगे । स्याहार सुसार र हेरचाहमा निक्कै ध्यान दिनुपर्ने कुखुरा पालनमा सानो गल्तीले पनि ठूलो समस्या निम्तिने उनको भनाई छ । धेरै चोटी विभिन्न रोगबाट कुखुरा फार्म नै खालि हुने गरि कुखुरा मर्ने गरेको छ । सुरुमा उनले घाटा बेहोरे पनि केहि वर्षदेखि भने सरकारले व्यवस्था गरे अनुसार चल्ला ल्याएको १५ दिनभित्र बीमा गर्ने गरेका छन् । कारणबस रोग लागेमा उक्त बीमाबाट उनले क्षतिपूर्ति लिँदै आएका छन् । जसले गर्दा केहि हदसम्म व्यवसायमा राहत मिल्ने गरेको उनी बताउँछन् । हाल उनले प्रत्येक फार्ममा भएको कुखुराको फरक फरक बीमा कम्पनीबाट पोलिसी लिएका छन् । तर पोलिसी क्लेम गर्दा बीमा कम्पनीले दिने गरेको सास्तीप्रति भने उनी असन्तुष्टि पोख्छन् ।

६ वटा फार्ममा ७ जनाले पाएको रोजगारी
हाल उनी आफैले ६ वटा फार्म सञ्चालन गर्दै आएका छन् । उक्त फार्ममा ७ जनाले पूर्ण रोजगारी पाएका छन् । प्रत्येक समय कुखुराको वरपर रहि स्याहार गर्नुपर्ने भएकोले फार्ममा नै खाने बस्ने व्यवस्था मिलाइएको छ । प्रत्येक दिन उत्पादन हुने अन्डालाई व्यवस्थित गर्ने, कुखुरालाई दानापानी गर्ने, फार्म वरपर सरसफाई गर्ने लगाएतका काम हुने गरेको छ ।

बजारमा अन्डा टुट्न नदिनका लागि पटक पटक गरि उनले फार्ममा कुखुरा हाल्ने गरेका छन् । साथै आफूले दाना सप्लाई गर्ने फार्मको अन्डा समेत उनी आफैले बजार पुर्याउने गर्छन् । बुबाबाट सुरु भएको कामलाई निरन्तरता दिँदै आएका उनले छोराहरुलाई पनि यहि पेशामा सामेल गराएका हुन् । वर्षाैदेखि यहि पेशामा भिजेका उनी आगामी दिनमा पनि यहि व्यवसायलाई निरन्तरता दिने सोचमा छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS