IME Life

जागिरे जीवन र गर्दै आएको व्यवसायलाई विट मार्दै अभिकर्ता पेशा रोजे : राजु भण्डारी

SPIL
NIC ASIA

काठमाडौं । ताप्लेजुङका राजु भण्डारी विगत केहि वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा आवद्ध छन् । हरेक पेशा व्यवसायमा मेहेनत र लगनशीलताका साथ लागि पर्ने हो भने सफलता हाँसिल गर्न सकिन्छ भन्ने सोच छ उनको । यहि सोचका कारण अभिकर्ता पेशामा जमेका छन् उनी । जागिरे जीवन र गर्दै आएको व्यवसायलाई विट मार्दै अभिकर्ता पेशा रोजेका उनी यहि पेशामा सन्तुष्ट छन् ।

वि.स.२०७३ साल चैत्र २७ र २८ गते नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गरेको थियो । सोहि २ दिने तालिममा संलग्न भएका राजुले अभिकर्ता पेशालाई अंगाल्ने निधो गरे । यसअघि उनी कपडा व्यवसाय गर्थे । व्यवसाय भन्दा अभिकर्ता पेशा उत्कृष्ट लागेपछि उनी नेपाल लाइफको ताप्लेजुङ शाखामा आवद्ध भए । उनको साथीले बेला बखत अभिकर्ता बन्न सुझाइरहन्थे । यी सबै कुरामा कौतुहल बनेका राजुले अन्तत अभिकर्ता तालिम लिएर कोड चलाउन थाले । कोड लिइसकेपछि उनले आफ्नै २ लाख रुपैयाँको बीमा गरे । तत्पाश्चात गाउँ सहरमा बीमा पोलिसी बोकेर हिड्नु उनको दैनिकि नै बन्यो ।

Prabhu
Crest

 

अभिकर्ता बन्नुभन्दा अघि नै उनी बीमित भने बनिसकेका थिए । उनको बुबाले चार बर्षअघि बीमा गरिदिएको थाहा थियो उनलाई । तर अभिकर्ताबारे खासै जानकारी भने थिएन । जब उनी अभिकर्ता बनेर गाउँगाउँ पुग्न थाले जीबन बीमा गराउनु निक्कै अप्ठेरो काम भएको महसुस भयो । आफूबाट यो काम गर्न नसक्ने हो कि जस्तो पनि लाग्यो उनलाई । तर कडा मेहेनतपछि मात्र फल पाउन सकिन्छ भन्ने सोचका साथ उनी निरन्तर रुपमा अभिकर्ता पेशामा लागिरहे । बीमा बारे ज्ञान दिन र बीमा पोलिसी बिक्रि गराउन सजिलो भने थिए । भरखरै पेशामा आवद्ध भएका उनले एकजनालाई ६ पटकसम्म बीमाबारे जानकारी दिएका थिए । तर पनि उनले यो कामलाई झन्झटको रुपमा लिएनन् । निरन्तर रुपमा अघि बढिरहे ।

२०७३ देखि सुरु भएको राजु्को अभिकर्ता यात्राले दैनिक नयाँपनको यात्रा गर्दै आएको छ । पैसा कमाउनुमात्र ठूलो कुरा नभई इज्जत कमाउनु ठूलो भन्ने सोच भएका उनलाई अभिकर्ता पेशाले इज्जतसँगै पैसा र सन्तुष्टि पनि दिएको छ । उनी अभिकर्ता बनेको सालमै करारमा जागिरको लागि परिक्षा दिएका थिए । वैकल्पिकमा नाम निस्केपछि अभिकर्ता पेशामा रमाइरहेका उनले वैकल्पिकबाट जागिर खाने अवसर भने पाएका थिए । डेढ वर्ष जागिर गरेका उनको नजरमा अन्तत अभिकर्ता पेशा नै उत्कृष्ट सावित भयो । उनी हालसम्म २ पटक एमडीआरटी बन्न सफल भइसकेका छन् भने अभिकर्ता बनेको दोस्रो वर्षमै एजेन्सी म्यानेजर बन्न सफल भएका थिए ।

२०६४ सालमा अक्सफोर्ड बोडिङ स्कुल ताप्लेजुङबाट एसएलसी पूरा गरेका उनी उच्च शिक्षा अध्ययनका लागि भने झापा विर्तामोड झरेका थिए । विर्तामोडको कन्काई मल्टिपल क्याम्पसबाट प्लस टु सकेपछि उनी व्यापार व्यवसाय तर्फ अग्रसर भएका थिए । हाल भने उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । पैसासँग मात्र नभई समाजसँग जोडिएर काम गर्न पाउने भएकोले उनलाई आफ्नै जिल्ला प्यारो लाग्ने गरेको छ । उनको अनुभवमा अझै पनि इन्स्योरेन्सबारे धेरै बुझाउन बाँकी छ । बीमितले इन्सायेरेन्सको बारेमा राम्रो जनचेतना पाउने हो भने र आफ्नो आय आर्जनसँग मिल्दोजुल्दो बीमा पोलिसी खरिद गर्ने हो भने भविष्यमा आइपर्ने आर्थिक अभावलाई सजिलै टार्न सक्ने उनको भनाई छ ।

फरक सोच र फरक रुपमा गर्ने हो भने हरेक काममा भविष्य रहेको उनको बुझाई छ । केहि फरक गर्ने सोचले नै उनले आफ्नो हातमा नेपाल लाइफको लोगोलाई ट्याटुको रुपमा खोपेका छन् । उनी अभिकर्ता भएकै कारण लोगोको ट्याटु खोपेका भने हैन । उनले नेपाल लाइफ प्रवेश गरेपछि सुरुमा २ लाख र पछि ४५ लाख रुपैयाँको बीमा गराएका थिए । आफू अभिकर्तासँगै बीमित भएकोले ट्याटु खोपेको उनको भनाई छ । साथै कहि कतै बीतिलाई बीमा बारे जानकारी दिँदै गर्दा उनको हातमा रहेको ट्याटुले समेत थप सहयोग गरेको उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS