IME Life
Beema Board

इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सिइओ शर्माको गैरकानुनी नियुक्ति, थप कार्यकाल के होला ?  

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनको धज्जी उडाउदै आफ्नै लगानीको सहायक कम्पनी इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मालाई नियुक्त गरेको छ । उमेर हद नाघिसेकका शर्मालाई प्राधिकरणले २०७५ माघदेखि लगातार प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै आएको छ । शर्माको उमेर ७४ वर्ष नाघिसकेको छ ।

बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ७० वर्षको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत बनाउन पाइदैन । अन्य कर्मचारीहरुको हकमा ५८ वर्ष भन्दा बढि उमेरको व्यक्तिलाई नियुक्त गर्न पाइदैन । तर प्राधिकरण आफैले भने शर्मालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

Prabhu
Crest

नेपालको बीमा उद्योगमा ६ दशकको अनुभव बटुलिसकेका शर्मा आफैमा नेपालको बीमा क्षेत्रको विज्ञ व्यक्ति हुन् । उनको सम्मान गर्नु पर्छ तर उनलाई कार्यकारी पदमै जिम्मेवारी दिदा नियम कानुनको पनि ख्याल गर्नु पर्छ । उनलाई बरिष्ठ सल्लाहकार, विज्ञको रुपमा नियुक्त गर्दा खासै फरक पर्दैन । तर बीमा क्षेत्रलाई नै नैतिकता, व्यवसायिक अभ्यास सिकाउने संस्थाको कार्यकारी प्रमुखको पदमा उमेर हद नाघेको व्यक्तिलाई जिम्मेवारी दिनु उचित नहुने अन्य बीमकहरु बताउछन् ।

इन्स्योरेन्स इन्स्टिच्युटको स्थापना २०७५ माघ १० गते भएको थियो । शर्मा इन्स्टिच्युटको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत पदमा छन् । उनि यस भन्दा अगाडी बीमा प्राधिकरणको सल्लाहकार थिए । उनलाई प्रमुख कार्यकारी अधिकृत बनाएको समयमा उनि ७० वर्षको आसपासमा थिए । इन्स्टिच्युट बोर्डले अझै पनि उनको कार्यकाल थप्ने सोच बनाइरहेको छ ।

शर्मा आफैले पनि आराम गरेर बस्ने बताउदै आएका छन् । प्राधिकरणले स-सम्मान शर्मालाई लामो समयदेखि विभिन्न जिम्मेवारी दिदै आएको छ । इन्स्टिच्युटकै एक सञ्चालकले उनको कार्यकाल थप्ने या नथप्ने विषयमा अहिलेसम्म छलफल नै भएको छैन । जवकी कार्यकाल नथप्ने हो भने उनलाई एक महिना अगाडी नै घर विदाको सुविधा दिएर अर्को सिइओको खोजि गरिन्छ । तर अहिलेसम्म पनि केहि प्रकृयाँ अगाडी नबढाएको हुँदा उनको कार्यकाल थपिन पनि सक्ने देखिन्छ । जुन संस्थागत सुशासन विपरितको कदम हुनेछ ।

शर्माले कोभिड १९ को समयमा पनि बीमाको अभौतिक तालिमहरु सञ्चालन गरेका थिए । तर प्राधिकरणले जुन हिसावले अभिकर्ताको तालिम सञ्चालन गर्ने योजना बनाएको छ त्यस्तो काम गर्न शर्माको शारिरिक अवस्थाले दिदैन । आराम गरेर बस्नु पर्ने अवस्थामा शर्माले देश दौडाहा गर्न सम्भव छैन ।

शर्मालाई आराम गर्न दिएर गतिशिल व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिएमा इन्स्टिच्युटको पनि भविष्य राम्रो हुनेछ । बरु आवस्यक परेको बखतमा उनि सँग प्राधिकरणले इन्स्टिच्टले काम लिन सल्लाह लिन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

22%

दु :खी

22%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS