IME Life

मेटलाइफ इन्स्योरेन्सद्धारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म निर्धारण

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा पहिला  बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रै एक्चुरियल मूल्याङ्कन सम्पन्न गरेर बीमितका लागि बोनस दर सार्वजनिक गर्न सफल भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको बोनसदर निर्धारण गरेको हो ।

मेट लाइफले बीमालेखमा प्रति हजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीले हाल कायम गरिएको बोनसदर मृत्यु दाबी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागू हुनेछ । साथै अर्काे बीमाङ्कीय मूल्याङ्कन अनुसार बीमा समितिबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दावीहरुमा सोहि बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सावधिक जीवन बीमा

मेट लाइफले सावधिक जीवन बीमा पोलिसी खरिद कर्तालाई न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर दिएको छ । जसमा १५ वर्ष अवधिसम्मका बीमितले प्रतिहजार ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको बीमालेख खरिद कर्ताले प्रतिहजार ८० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् ।

शिक्षा संरक्षण योजना

मेट लाइफले यस अन्तर्गतका पोलिसी खरिद कर्तालाई न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । जसमा १५ वर्ष अवधिसम्मको पोलिसी खरिदकर्ताले ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिसम्मकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको पोलिसी खरिदकर्ताले प्रतिहजार ८० रुपैयाँ प्राप्त गरेका छन् ।

अग्रिम भुक्तानी योजना

यस्तो बीमा पोलिसी खरिदकर्ताले यस आर्थिक वर्षमा न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म प्राप्त गरेका छन् । १५ वर्ष अवधिसम्मको पोलिसी खरिदकर्ताले प्रतिहजार ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिसम्मको पोलिसी खरिदकर्ताले प्रतिहजार ५५ रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको पोलिसी खरिदकर्ताले प्रतिहजार ६५ रुपैयाँ प्राप्त गरेका छन् ।

मेट लाइफमा सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसी तर्फ १६ देखि २० वर्ष अवधिका पोलिसी बिक्री भएको पाइएको छ । यस अवधिको पोलिसी संख्या ४ हजार ७६१ वटा छ । त्यस्तै शिक्षा संरक्षण योजना अन्तर्गतका पोलिसी खरिदकर्ताले सबैभन्दा धेरै एकदेखि १५ वर्ष अवधिको खरिद गरेका छन् । यस्तो अवधिको बीमालेख १७ हजार ७९८ वटा छन् । सर्वाधिक धेरै बोनसदरको लाभ लिनेको संख्या भने ज्यादै न्युन छ । २१ वर्ष भन्दा लामो अवधिको पोलिसी खरिद गर्नेले बोनसदर प्रतिहजार ८० रुपैयाँ पाएका छन् तर सावधिक तर्फ यस्तो संख्या १५८४ जना र शिक्षा संरक्षण तर्फ ४ हजार ८६२ वटा मात्रै पोलिसी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS