IME Life
Beema Board

प्राधिकरणले माग्यो क्षति मूल्याङ्कनको फाइल पेण्डिङ राख्ने सर्भेयरको विवरण, छिटो प्रतिवेदन नबुझाउनेलाई कारबाही

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरु सँग क्षति मूल्याङ्कनको फाइल पेण्डिङ राख्ने बीमा सर्भेयरको विवरण माग गरेको छ । प्राधिकरणले एक हप्ता अगाडी नै सम्पुर्ण बीमा कम्पनीहरुलाई १५ दिनको म्याद दिएर यस्तो विवरण माग गरेको थियो । अवको सात दिन भित्र बीमा कम्पनीहरुले प्राधिकरणलाई विवरण उपलब्ध गराइसक्नु पर्नेछ । प्राधिकरणले यस भन्दा अगाडी जारी गरेको ‘बीमकको बीमा दाबी भुक्तानी मार्गदर्शन २०७६’ मा एउटा सर्भेयरले ५ वटा भन्दा बढि क्षतिमूल्याङ्कनको फाइल बुझाउन बाँकी सर्भेयरलाई पुनः नियुक्त गर्न नपाइने व्यवस्था गरेको थियो ।

व्यक्तिगत सर्भेयरको हकमा ५ वटा र संस्थागत सर्भेयरको हकमा १० वटा भन्दा बढि फाइल पेण्डङ राख्ने सर्भेयरलाई काम नै दिन नपाउने व्यवस्था छ । तर बीमा कम्पनीहरुले आपसी सम्बन्धका आधारमा एउटै निश्चित सर्भेयरलाई नै काम लगाउदै आएको पाइन्छ ।

Prabhu
Crest

जति वेला यो मार्गदर्शन जारी गरिएको थियो त्यतिवेला नेपालमा सर्भेयरको संख्या ज्यादै न्युन थियो । त्यसमा पनि सक्रिय सर्भेयरको संख्या कम हुँदा बीमा कम्पनीहरु सँग प्रयाप्त सर्भेयर थिएनन् । तर प्राधिकरणले गत वर्ष सर्भेयरको लाइसेन्स आह्वान गरेर बजारमा ११ सय जना भन्दा धेरै सर्भेयर भित्र्याइसकेको छ ।

यस्तो अवस्थामा पनि बीमा कम्पनीहरुले दाबी भुक्तानी हुन नसक्नुको एउटा कारणमा सर्भेयरबाट समयमा क्षति मूल्याङ्कन नहुनु भन्दै आइरहेका छन् । गएका वर्षमा सर्भेयर छैनन् भन्ने छुट अहिले बीमा कम्पनी सँग छैन ।

बीमा कम्पनीहरुकै संरक्षणमा कयौ सर्भेयरले दर्जनौ फाइल पेण्डिङ गर्दै आएका छन् । उनिहरुले फाइल पेण्डिङ गरिदिदा समयमा दाबी भुक्तानी गर्नु नपर्ने भएकाले पनि कतिपय अवस्थामा बीमक र सर्भेयरको समेत मिलेमतो रहेको पाइन्छ ।

सर्भेयर स्वतन्त्र निकाय हो । जसले कुनै पनि क्षतिलाई स्वतन्त्र पुर्वक मूल्याङ्कन गर्ने अधिकार पाएको हुन्छ । तर पुनः अर्को काम नपाइएला भनेर सर्भेयरहरु नै बीमा कम्पनीको पक्षमा काम गरिरहेका हुन्छन् । यस्तो कार्यले बीमितहरु भने पिडामा पर्दै आएका छन् । समयमा दाबी नपाउनेदेखि लिएर आफ्नो वास्तविक क्षतिको मूल्याङ्कन नभइ कम मात्रै दाबी पाउने अवस्था छ ।

क्षति भन्दा कम दाबी मूल्याङ्कन हुँदा बीमितले दाबी लिन मान्दैनन् । यस पछि दाबी भुक्तानीमा दुबै पक्षको कुरा मिल्दैन । यस्तै कारणले समयमा दाबी भुक्तानी हुँदैन । यदि सहि रुपमा क्षति मूल्याङ्कन हुने हो र बीमित र बीमक दुबै पक्षलाई मर्का नपर्ने अवस्था रह्यो भने दाबी भुक्तानीमा कुनै समस्या नै रहदैन ।

प्राधिकरणले यस वर्षलाई दाबी भुक्तानी वर्षको रुपमा मनाउदै आएको छ । तर प्राधिकरणले अभियानको रुपमा यसलाई अगाडी बढाए पनि राम्रो हुन सकेको छैन । नियम अनुसार सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्रमा बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरी बीमकको दायित्व निर्धारण गरी सोको विस्तृत विवरणसहितको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने हुन्छ ।

सर्भेयरहरुले निर्णय गर्दा निष्पक्ष भए नभएको, कुनै पक्षलाई अन्याय पर्न जाने हो होइन, राम्रोसँग एकिन गरेर मात्रै प्रतिवेदन तयार गर्नुपर्ने भएको छ । कतिपय अवस्थामा सर्भेयरले हचुवाको भरमै क्षति मूल्याङ्कन गर्दा समस्या सिर्जना हुँदै आएको छ । सर्भेयरमा सम्बन्धित क्षेत्रको ज्ञानको अभाव हुनु, बीमित प्रति वेवास्था गर्नु जस्ता कारणले गर्दा सर्भेयरलाई पनि पारदर्शी रुपमा मूल्याङ्कन गर्नु पर्ने अवस्था रहेको प्राधिकरणका एक अधिकारीले बताए । अव प्राधिकरणले धेरै वटा फाइल पेण्डिङ राख्ने सर्भेयर तथा ५ वटा भन्दा धेरै फाइल पेण्डिङ रहेका सर्भेयरलाई काम दिने बीमा कम्पनी दुबैलाई कारबाही गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS