IME Life
Beema Board

जीबन बीमक संघका पदाधिकारी र अर्थमन्त्रीवीच छलफल, बीमाको निक्षेपमा व्यक्तिगत सरह व्याज प्रदान गर्न गरे आग्रह

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमकसंघका पदाधिकारीले उपप्रधानमनत्री एवम अर्थमन्त्री विष्णु प्रसाल पौडेलसँग भेटवार्ता गरेको छ । भेटमा अर्थमन्त्रीको कार्याकाल सफलताको शुभकामना व्यक्त गर्दै बीमालाई संस्थागतभन्दा पनि व्यक्तिगत रुपमा हेरिदिन अर्थमन्त्रीसँग अनुरोध गरेको संघले जनाएको छ ।

बीमा कम्पनीले गाउँगाउँबाट रकम संकलन गरि अनौपचारिक रुपमा रहेका रकमलाई औपचारिक रुपमा ल्याउने एउटा टुलको रुपमा काम गरिरहेको छ । यसमा आउने पैसाले गाउँगाउँसम्म मान्छे परिचालन हुने र ९० प्रतिशतभन्दा बढी आम्दानी बीमितलाई नै फिर्ता जाने भएकोले बीमा क्षेत्रलाई सकेसम्म व्यक्तिगत निक्षेपको रुपमा हेरिदिन अर्थमन्त्री समक्ष संघले अनुरोध गरेको हो ।

Prabhu
Crest

बीमा गर्न थप प्रेरित गर्नका लागि करको दायरा बढाउने,अवकाश कोषको रुपमा प्रस्तुत गरिदिन संघले बजेट विनियोजनको समयमै जानकारी गराएको थियो । संघको उक्त अनुरोधमा अर्थमन्त्री पौडेलले आफूले सक्ने कुरामा आफू सकारात्मक रहेको र मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने बताएका छन् ।

उक्त भेटमा संघका अध्यक्ष पोषक पौडेल, पूर्व अध्यक्ष निर्मल काजी श्रेष्ठ, महासचिव प्रकाश विक्रम खत्री र कोषाध्यक्ष दिनेश लाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS