IME Life

विकट जिल्लाका बीमा कम्पनीको शाखामा कर्मचारी नै बस्दैनन्, कार्यालय विनानै अभिकर्ता सञ्जाल

SPIL
NIC ASIA

काठमाडौं । कर्णाली प्रदेशका अति विकट जिल्लामा रहेका बीमा कम्पनीका शाखा कार्यालयमा एक जना पनि कर्मचारी कार्यालयमा नबस्ने गुनासो आउन थालेको छ । यस क्षेत्रमा स्थापना भएका बीमा कम्पनीका शाखा कार्यालयमा प्राय एक जना मात्रै कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले मुगु र जुम्ला जिल्लामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दा सहभागीहरुले बीमा कम्पनीका शाखा कार्यालयमा कर्मचारी नै नभेटिने गरिएको गुनासो गरेका हुन् ।

Prabhu
Crest

यस क्षेत्रमा स्थापना भएका शाखा कार्यालयमा कम्पनीहरुले एक जना मात्रै कर्मचारी नियुक्त गर्ने गरेका छन् । एक जना मात्रै कर्मचारी नियुक्त गर्दा एउटै व्यक्तिले मार्केटिङदेखि लिएर अण्डराइटिङ, प्रशासन लगायतको काम गर्नु पर्छ । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बीमा कम्पनीको शाखा कार्यालयमा रहेका कर्मचारीलाई समेत बीमाको सामान्य जानकारी समेत नभएको गुनासो व्यक्त गरिन् । ‍

सहभागीहरुले बीमा कम्पनीहरुको शाखा कार्यालयमा कर्मचारी नै बसन्ने नगरेको गुनासो आएकोले यस विषयमा थप अनुसन्धान गरेर आवस्यक निर्देशन दिइने प्रादेशिक कार्यालय प्रमुख तथा उप निर्देशक पदम सोडारीले बताए ।

बीमा कम्पनीहरुले स्थानीय स्तरकै मानिसहरुलाई कर्मचारीको रुपमा खटाउदा पनि यस्तो समस्या देखिएको हो । हुम्ला जुम्ला मुगु जस्ता जिल्लामा सहरी क्षेत्रबाट कर्मचारी लैजान सकिदैन । यसले गर्दा ग्रमिण स्तरकै मानिसहरुलाई कर्मचारी बनाउनु पर्छ । यसले गर्दा कतिपय कर्मचारीहरुलाई बीमाका सामान्य जानकारी समेत हुँदैन ।

केन्द्रिय कार्यालयमै भएका कर्मचारीलाई तालिम दिन कञ्जुस्याइ गर्ने बीमा कम्पनीहरुले यति विकट क्षेत्रमा तालिम दिने कुरै भएन । कर्मचारीलाई नै सामान्य जानकारी नहुँदा अभिकर्ताले पनि राम्रो सँग बुझ्ने कुरा आउदैन । अर्को तर्फ अण्डराइटिङ पनि राम्रो सँग हुन पाउदैन ।

कर्मचारीको अनविज्ञता तथा अनुभवको कमिले गर्दा यस क्षेत्रका बीमितले पनि दाबी पाउदा धेरै कठिनाइ भोग्नु पर्छ । कर्मचारीले दाबी भुक्तानीका लागि आवस्यक पर्ने कागजपत्र तथा प्रकृयाँको वारेमा एकै पटक सरल हिसावले बुझाउन नसक्दा घण्टौ हिडेर आउने बीमितले समयमा दाबी पाउन सक्दैनन् । त्यसैले गर्दा पनि बीमितको पहिलो गुनासो बीमा कम्पनीहरुले दाबी भुक्तानी नै दिदैनन् भन्ने हुन्छ ।

कतिपय बीमा कम्पनीका शाखा कार्यालयको भौतिक संचरना हेर्दा शाखा जस्तो भान पनि हुँदैन । कार्यक्रममा सहभागीहरुले प्राधिकरण समक्ष बीमा कम्पनीहरुलाई शाखा कार्यालयल स्थापनका लागि न्युनतम मापदण्ड पुरा नभइ शाखा सञ्चालन गर्न नदिने व्यवस्था गरिदिनका लागि आग्रह गरेका थिए ।

कार्यक्रमम सहभागी कतिपय बीमा कम्पनीका शाखा कार्यालयका कर्मचारीहरुले शाखामा आफु एक्लै हुँदा जता पनि जानु पर्ने र आफ्नो हिड्नु परेको समयमा शाखामा कोहि पनि नहुने गरेको बताएका थिए ।

मुगु जिल्लामा निर्जीवनको तर्फबाट सगरमाथा र शिखर इन्स्योरेन्स कम्पनीका मात्रै शाखा कार्यालय छन् । त्यस्तै जीवन तर्फ भने नेपाल लाइफ, सन नेपाल लाइफ, युनियन लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र आइएमई लाइफका शाखा कार्यालय सञ्चालनमा छन् ।

कर्णाली प्रदेशका कतिपय जिल्लामा धेरै बीमा कम्पनीका शाखा कार्यालय नै छैन । तर बीमा कम्पनीहरुले भने अभिकर्ता बनाएका छन् । यसरी जिल्लामै शाखा नभएको कम्पनीले उक्त जिल्लामा अभिकर्ताको सञ्जाल बनाउदा बीमा पोलिसी नै जारी गर्न समस्या भएको गुनासो आएको छ । स्थानीय जनप्रतिनिधिहरुले नै जुन जिल्लामा शाखा कार्यालय छैन ति जिल्लामा अभिकर्ताको नेटवर्क बनाएर बीमा गराउने अभ्यासलाई रोक्न अनुरोध गरेका छन् ।

यसरी अभिकर्ताको भरमा बीमा पोलिसी खरिद गर्दा बीमितलाई विश्वास हुँदैन । त्यसमा पनि यस क्षेत्रका कतिपय शाखा कार्यालयका शाखा प्रवन्धकले नै बीमित सँग उठाएको बीमा शुल्क कम्पनीको खातामै जम्मा नगरिदिने गरेको पाइएको छ । यसरी कम्पनीकै आधिकारिक कर्मचारी बदमास हुने क्षेत्रमा शाखा नै विस्तार नगरी अभिकर्तालाई मात्रै छाडिदिदा झन् अविश्वास पैदा हुन्छ ।

यस क्षेत्रका बीमितहरु जीवन भन्दा पनि निर्जीवन बीमा कम्पनीहरुबाट धेरै पिडामा छन् । निर्जीवन बीमा कम्पनीका कतिपय कर्मचारीहरुलाई दाबी भुक्तानीको सामान्य प्रकृयाँको विषयमा पनि राम्रो ज्ञान छैन । यसरी कर्मचारीलाई नै सामान्य ज्ञान नहुँदा बीमितले राम्रो सेवा पाउने कुरामा विश्वास गर्न सकिदैन ।

प्राधिकरणले हिजो सोमबार मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा कार्यवहाक मेयरका रुपमा वडा अध्यक्षको उपस्थिति थियो । त्यस्तै सम्पुर्ण वडाका वडा अध्यक्ष सहित जन निर्वाचित प्रतिनिधिहरुको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS