IME Life
Beema Board

दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेले चिलिमे हाइड्रोपावर र प्रभु बैंकको शेयर मूल्य समायोजन गरेको छ। यी दुई कम्पनीले प्रस्तावित लाभांश एवम् साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्रभु बैंकको मंसिर २९ गते कायम अन्तिम शेयर मूल्य २०१ रुपैयाँ ९० पैसाको आधारमा ६ दशमलव ५ प्रतिशत बोनश शेयर पछिको मूल्य १८९ रुपैयाँ ५८ पैसा तोकेको छ ।

Prabhu
Crest

त्यस्तै नेप्सेले चिलिमे हाइड्रोपावरको मङ्सिर २९ गते कायम अन्तिम शेयर मूल्य ३९० रुपैयाँको आधारमा ७ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको मूल्य ३६२ रुपैयाँ ७९ पैसा तोकेको छ ।

प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो ।

चिलिमे हाइड्रोपावर प्रस्तावित लाभांश पारितका लागि पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS