IME Life

संस्थागत सुशासनकाे हवाला दिंदै जीवन बीमकले हाेल्ड गरे कमिशन वापतकाे कराेड भन्दा बढी रकम

SPIL
NIC ASIA

काठमाडौं । परिवारजनकाे नाममा अभिकर्ता इजाजत पत्र लिएर बीमालेख बिक्रीवापतकाे कमिशन समेत उपभाेग गर्दै आएका कर्मचारीकाे कमिशनवापतकाे ठूलाे रकम जीवन बीमा कम्पनीले राेक्का गरिदिएका छन् । कर्मचारीवापत तलब भत्तालगायतकाे सुविधा उपभाेग गर्ने र बीमालेख बिक्रीवापत प्राप्त हुने कमिशन समेत उपभाेग गर्ने गरी दाेहाेराे लाभ लि‌दै आएकाहरुकाे लाभमा जीवन बीमकले राेक लगाई दिएका हुन् ।

नेपाल बीमा प्राधिकरण(साबिक बीमा समिति) ले जारी गरेकाे बीमककाे स‌ंस्थागत सुशासन निर्देशिका २०७५ काे दफा ३५(३) मा बीमा कम्पनीमा कार्यरत कर्मचारी वा निजकाे एकाघर परिवारका सदस्यले बीमा अभिकर्ता भई कार्य गर्न नपाउने प्रावधान छ । यसै प्रावधानलाई आधार बनाएर जीवन बीमा कम्पनीले आफ्नाे कर्मचारीकाे परिवारजनले अभिकर्ताकाे रुपमा साेही कम्पनीकाे बीमालेख बिक्री गरेर आर्जन गरेकाे कमिशन राेक्का गरिदिएका हुन् । बजार श्राेतका अनुसार यस्ताे रकमकाे आँकडा कराेड रुपैयाँभन्दा बढी रहेकाे अनुमान गरिएकाे छ ।

Prabhu
Crest

 

सन्तुष्ट छैनन् शाखा प्रबन्धकहरूः

स‌ंस्थागत सुशासनकाे पूर्ण पालना हुनु सह्राहनीय हाे,एकजना असन्तुष्ट शाखा प्रबन्धकले भने,तर संचालक वा प्रमुख कार्यकारी स्वयमले वित्तीय स्वार्थ बाझिने गरी गरेकाे लगानीका सम्बन्धमा कारवाहीका लागी काेही अघि सरेकाे देखिद‌ैन।

अर्का एक शाखा प्रबन्धकले शाखाकाे व्यापारमा उल्लेखनीय याेगदान दिने अभिकर्तालाई कम्पनीले दिने कमिशनबाट मात्र सन्तुष्ट राख्न संभव नभएकाले परिवारजनकाे नाममा प्राप्त हुने कमिशनबाट अतिरिक्त रकमकाे जाेहाे गर्नुपर्ने व्यवहारिक बाध्यता रहेकाे सुनाए । उनका अनुसार, कम्पनीले दिने तलब सुविधाकाे भरमा मात्र अभिकर्ता भेटघाट गर्ने र व्यापार ल्याउन प्रतिबद्ध बनाउन संभव नभएकाले यस्ताे बाटाे अपनाउनु परेकाे हाे ।

स‌ंस्थागत सुशासन निर्देशिकाकाे पछिल्लाे संशाेधनमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी स‌ंचालक वा अध्यक्ष हुन नपाउने प्रावधान छ,जीवन बीमा कम्पनीकाे एकजना क्षेत्रिय प्रमुखले प्रतिप्रश्न गर्दै भने, निर्देशिका संशाेधन भएकाे साता पनि बित्न नपाउँदै बीमा समितिकै अध्यक्षबाट संचालक समितिका अध्यक्षले चाैथाे पटक सपथ लिए, ठूलाले जे गरेपनि हुने ?

कमिशन राेक्काकाे प्रभाव ढिलाे चाँडाे बीमककाे व्यापारमा पनि देखा पर्ने कर्मचारीकाे दाबी छ । प्रतिस्पर्धी बजारमा व्यापार गर्नका लागी सप्ताहन्त र सार्वजनिक बिदा समेत नभनी २४ सै घण्टा खटिनुपर्छ,एकजना वरिष्ठ कर्मचारीले भने, कम्पनीले दिएकाे आठ घण्टे तलबले मात्र उर्जा मिल्दैन । अब माथिबाट जस्ताे व्यवहार हुन्छ, हामी पनि त्यस्तै प्रतिकृया दिन्छाै‌ ।

पूर्णकालीन पेशागत अभिकर्ता पनि चेपुवामाः

परिवारका दुई वा त्याे भन्दा बढी स‌ंख्याका सदस्य एउटै बीमा कम्पनीकाे अभिकर्ताकाे हैसियतमा काम गर्दै आएकामा कुनै एकजनाले साेही बीमककाे कर्मचारीकाे हैसियतमा नियुक्ति पाएपछि उनकाे परिवारका बाँकी पूर्णकालीन अभिकर्ताकाे कमिशन समेत राेक्का हुँदा अन्याय भएकाे गुनासाे समेत सुनिएकाे छ । यस बाहेक जीवन बीमककाे कर्मचारीले साेही कम्पनीकाे कुनै अभिकर्तासँग वैवाहिक सम्बन्ध कायम गरेकाे अवस्थामा पनि ‘एकाघर परिवारका सदस्य’ काे परिभाषाले अभिकर्तावापत पाउँदै आएकाे कमिशन राेक्का हुन पुग्दा मर्का परेकाे पीडित अभिकर्ताकाे गुनासाे छ ।

राेक्का रकम बीमित हित काेषमा जम्मा गर्नुपर्नेः

बीमा अभिकर्ताकाे इजाजत पत्र जारी गरेर अभिकर्ताले दिएकाे जीवन बीमा प्रस्ताव स्वीकार गरिसकेपछि उसले पाउने कमिशनवापतकाे रकम राेक्का गरेर जीवन बीमकले बठ्याइँ गर्न खाेजेकाे असन्तुष्टहरूकाे आराेप छ।

जीवन बीमक स‌ंघका एक पदाधिकारीले हिजाेका दिनमा हुँदै आएकाे अनियमिततामा अ‌ंकुश लगाउने प्रयास हुनु गलत नभएकाे प्रतिकृया दिए, उनले भने, तलबी कर्मचारीले दाेहाेराे लाभ लिनु कुनै पनि बहानामा उचित हाेइन ।

अभिकर्ता कमिशनवापतकाे रकम राेक्का राखेका जीवन बीमकले अन्ततः त्याे रकम नेपाल बीमा प्राधिकरणकाे प्रस्तावित बीमित हित स‌ंरक्षण काेषमा जम्मा गर्नुपर्ने अवस्था आउनेछ । जीवन बीमकले तिर्नुपर्ने दायीत्व भएकाे तर लामाे समयसम्म भुक्तानी नभएकाे वा लामाे समयसम्म दाबी गर्न नभएकाे काेष (अनक्लेम्ड फण्ड) बीमा ऐन २०७९ मा प्रस्ताव गरिएकाे बीमित हित स‌ंरक्षण काेषमा जम्मा गर्नुपर्ने प्रावधान छ । बीमा कम्पनीहरुकाे नियामक नेपाल बीमा प्राधिकरणले कमिशनवापत भुक्तानी गर्नुपर्ने रकम समेत लामाे समयसम्म भुक्तानी नभएमा काेषमा जम्मा गर्न बाध्य बनाउन सक्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

10%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

30%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS