IME Life
Beema Board

नेपाल लाइफले अभिकर्ताको माग पुरा नगरेको भन्दै आन्दोलनको चेतावनी, पुर्वका कार्यक्रम बहिष्कार गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफमा कार्यरत अभिकर्ताले आफ्नो माग पुरा नगरी मनोबल गिराउने काम गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । केहि समय अगाडी कम्पनी उच्च व्यवस्थापनले केन्द्रिय अध्यक्ष गणेश अधिकारीको संयोजकत्वमा गएका अभिकर्तालाई दिएको प्रतिवद्धता समेत कार्यान्वयन गर्न नखोजेको भन्दै उनिहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।

अभिकर्ताले गत कार्तिक २३ गते उच्च व्यवस्थापन सँग औपचारिक रुपमा आफ्नो माग राख्दै उक्त मागको कार्यान्वयन गर्न हिजो मंसिर ८ गतेसम्म अल्टिमेटम दिएका थिए । तर उच्च व्यवस्थापनले मागको सुनुवाइ नगरेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक केन्द्रिय समिती नेपाल लाइफका सचिव ओम केसीले जानकारी दिए ।

Prabhu
Crest

अभिकर्ताले बीमालेख धितोकर्जाको ब्याजदर घटाउन, व्यतित बीमालेख नविकरण गर्ने छुटको समय बढाउन, नयाँ पोलिसी, अभिकर्ता कर्जा लगायतको माग राख्दै हिजोसम्मको अल्टिमेटम दिएका थिए । तर उच्च व्यवस्थापनले नविकरण छुटको विषयमा अन्याय गरेको भन्दै उनिहरु आक्रोशित भएका हुन् ।

अभिकर्ताले नविकरण छुटको समय पुष १५ गतेसम्म माग गरेका छन् । जसमा कुनै पोलिसी बर्ष नवीकरण शुल्क लगाएको छैन तर ५ बर्ष कै बिमित ले तिरेर पोलेसी चलाउन खोजेमा २ बर्ष को नवीकरण छुट पाउने ब्यबस्था गर्न माग गरेका छन् ।

डेलिकेसका क्रममा अभिकर्ताले बीमा पोलिसी धितोमा राखेर पाइने कर्जा १० प्रतिशतबाट १२ प्रतिशत पुर्याइएको भन्दै पुनः १० प्रतिशतमै झार्न अनुरोध गरेका थिए । तर कम्पनीले यस विषयमा अहिलेसम्म पनि संबोधन नगरेको उनिहरुको भनाइ छ ।

मागहरु संबोधन नगरी उच्च व्यवस्थापनले उल्टै आफ्ना कार्यक्रमहरु अगाडी बढाएको भन्दै उनिहरुले आपत्ती जनाएका छन् । कम्पनीले जोन हेडहरुलाई मोटिभेसनका लागि भन्दै प्रदेश प्रदेशमा पठाउन थालेको भन्दै उनिहरुले विरोध व्यक्त गरेका छन् ।

कम्पनीले प्रदेश एकमा कृष्ण प्रसाद लम्साललाई मोटिभेसन कार्यक्रमका लागि खटाएकोमा उक्त कार्यक्रममा माग संबोधन नभएसम्म कुनै पनि अभिकर्ताले उपस्थिति नजनाउने उनिहरुले जानकारी दिएका छन् ।

अभिकर्ताले राखेका माग पुरा नहुन्जेलसम्म कम्पनीले आयोजना गर्ने कार्यक्रम बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । उनिहरुले अन्य अभिकर्ताहरुलाई समेत उक्त कार्यक्रममा उपस्थित नहुन अपिल गरेका छन् । उच्च व्यवस्थानले यस पछि पनि अटेर गर्दै आफ्ना कार्यक्रम अगाडी बढाएमा आन्दोलनको आधिवेहरी ल्याउने उनिहरुले अभिकर्तालाई अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

0%

दु :खी

19%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS