IME Life

जीवन बीमा कम्पनीको शेयरमा जोखिम र प्रतिफलको अवस्था, मञ्जु थापाको विश्लेषण

SPIL
NIC ASIA

जीवन बीमा व्यवसाय गर्न कानून बमोजिम ईजाजत पाएको कम्पनी नै जीवन बीमा कम्पनी हो । वि. सं  २०२४  मा स्थापना भएको राष्ट्रिय बीमा संस्थान नेपालको पहिलो जीवन बीमा कम्पनी हो जसले वि. सं  २०२९ बाट जीवन बीमा व्यवसाय शुरु गरेको थियो । यस अघि नेपालमा केही भारतिय बीमा कम्पनीहरु जीवन बीमा गर्दै आएका थिए । नेपालमा हाल १९ जीवन बीमा कम्पनीहरु रहेका छन् ।  राष्ट्रिय बीमा संस्थान नेपालको पहिलो जीवन बीमा कम्पनी हो भने महालक्ष्मी जीवन बीमा कम्पनी लिमिटेड कान्छो जीवन बीमा कम्पनी हो । हाल बीमा नियमनकारी निकायले जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको  छ । मिति २०७९ चैत सम्म सबै जीवन बीमा कम्पनीहरुले  ५ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । यस अघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब हुनु पर्ने व्यवस्था रहेको थियो ।

कुनै पनि कम्पनीले जारी गरेको स्वमित्वको अंशलाई शेयर भनिन्छ । कुनै पनि कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीको स्वामित्वको अंश प्राप्त हुन्छ । शेयरमा लगानी गर्ने लगानीकर्ताको प्रतिफल निश्चत नहुने हुनाले शेयरमा गरिने लगानी जोखिमपूर्ण हुन्छ । कम्पनीले आर्जन गर्ने नाफाको घटबढ भए अनुसार शेयरको प्रतिफल पनि घटबढ हुन्छ । त्यसै गरि कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश दिनै पर्ने बाध्यात्मक व्यवस्था छैन । तसर्थ बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ताका लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । नेपालमा हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत रु. १०० रहेको छ ।  कुनै पनि कारणले कम्पनी खारेजीमा गएको अवस्थामा साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्म सिमित हुन्छ  । २०७८।७९ सम्म १२ वटा जीवन बीमा कम्पनीहरुले सर्वसाधारणका लागि शेयर निश्कासित गरी नेपाल स्टक एक्सचेन्ज सुचिकरण भएका छन् ।

Prabhu
Crest

तालिका नं. १

सर्वसाधारणका लागि शेयर निस्कासन जीवन बीमा कम्पनीहरुको विवरण

तालिका नं. १ अनुसार २०७८।७९ सम्म १२ वटा जीवन बीमा कम्पनीको ३५,६०,४३,०७७ वटा शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् जसको चुक्ता पूँजी रु ३५ अर्ब ६० करोड ४३ लाख ७ हजार सात सय रहेको छ ।

तालिका नं.  २

जीवन बीमा कम्पनीको शेयरमा  विगत १० वर्षको प्रतिफलको अवस्था

तालिका नं.  २ अनुसार जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १८।०४ प्रतिशत रहेको छ । विगत १० वर्षको औषत प्रतिफल हेर्दा सबै भन्दा बढि  NLIC को ५४।६० प्रतिशत तथा सबै भन्दा कम GLICL को औषत प्रतिफल NLIC भन्दा करिब ११ गुणा कम यानी ५।१० प्रतिशत रहेको छ । त्यसैगरि १० वर्षको औषत प्रतिफल २० प्रतिशत भन्दा बढी ३ वटा जीवन बीमा कम्पनीको रहेको छ भने २० देखि १० प्रतिशतको बिचमा ३ बैकहरुको रहेको छ । त्यसैगरी १०  प्रतिशत देखि कम औषत प्रतिफल ३ वटा जीवन बीमा कम्पनीको रहेको छ । त्यसै गरी जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १८।०४ प्रतिशत भन्दा बढि औषत प्रतिफल हुने जीवन बीमा कम्पनीहरु ३ वटा रहेका छन् भने  जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १८।०४  प्रतिशत भन्दा कम औषत प्रतिफल हुने जीवन बीमा कम्पनीहरु ६ वटा रहेका छन् ।

कुनै पनि लगानी गर्दा लगानीकर्ताले प्रतिफलको साथसाथै उक्त प्रतिफलमा रहेको जोखिमको समेत विष्लेषण गर्नु पर्ने हुन्छ । सामान्यतया प्रतिफलमा रहेको जोखिमलाई Standard Deviation ( S.D.) तथा Coefficient of Variance (C.V.) ले मापन गरिन्छ । Standard Deviation ( S.D.) ले औषत वा अपेक्षित प्रतिफल भन्दा फरक प्रतिफल हुने जोखिमलाई मापन गर्छ भने प्रतिफलको प्रति इकाइमा रहेको जोखिमलाई Coefficient of Variance (C.V.) ले मापन गर्दछ । जीवन बीमा कम्पनीहरुको प्रतिफलमा रहेको जोखिमको अवस्था देहाय बमोजिम रहेको छ ।

तालिका नं.३

जीवन बीमा कम्पनीहरुको प्रतिफलमा रहेको जोखिमको अवस्था

१ वर्षको प्रतिफल मात्र रहेकोले परिणाम भ्रामक हुन सक्ने हुनाले JLI र  RLI लाई जोखिम गणनामा समावेश गरिएको छैन । तालिका नं.३ मा उल्लेख भएअनुसार जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफलमा सबै भन्दा बढी  Coefficient of Variance (C.V.)  ALICL को १।६६ रहेको छ भने सबै भन्दा कम Coefficient of Variance (C.V.) NLIC  को  रहेको छ  जुन ALICL को भन्दा करिब ३ गुणा कम ०।६४  रहेको छ । जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको प्रतिफलमा औषत Coefficient of Variance (C.V.)  ०।७६ रहेको छ । सो औषत Coefficient of Variance (C.V.)  भन्दा बढी २ वटा जीवन बीमा कम्पनीहरुको  Coefficient of Variance (C.V.)   रहेको छ भने ५ वटा कम्पनीहरुको Coefficient of Variance (C.V.) औषत भन्दा कम रहेको छ ।  त्यसै गरी ALICL को प्रतिफलको Coefficient of Variance (C.V.) १ भन्दा बढी रहेको छ । जसलाई प्रतिफलको तुलना निकै जोखिम रहेको मानिन्छ ।

तालिका नं.४

जीवन बीमा कम्पनीहरुको शेयरमा रहेको जोखिम तथा प्रतिफलको तुलनात्मक विश्लेषण

सामान्यतया उच्च प्रतिफल रहेको लगानीका साधनमा उच्च जोखिम हुन्छ तथा न्युन प्रतिफल रहेको लगानीका साधनमा न्युन जोखिम हुन्छ  भन्ने लगानीको सिद्धान्त रहेको हुन्छ  । तर नेपाली जीवन बीमा कम्पनीहरुको शेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको शेयर रहेका देखियो । त्यसैगरी तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल वढी तर भएको शेयर समेत रहेको देखियो । माथिको तालिकामा Coefficient of Variance (C.V.)  तथा औषत प्रतिफलको Ranking Difference सकारात्मक हुने बीमा कम्पनीको शेयरमा जोखिम तुलनामा औषत प्रतिफल वढी भएका शेयर हुन् भने Coefficient of Variance (C.V.)  तथा औषत प्रतिफलको Ranking difference ऋणात्मक हुने बीमा कम्पनीको शेयरमा औषत प्रतिफल कम र तुलनात्मक रुपमा जोखिम बढी भएका शेयर हुन् ।  तथ्याङ्क अनुसार औषत प्रतिफलको तुलनामा जोखिम सबै भन्दा कम NLIC को शेयरमा रहेको भेटियो भने औषत प्रतिफलको तुलनामा जोखिम सबै भन्दा वढी ALICL को शेयरमा रहेको भेटियो ।

निष्कर्ष

जीवन बीमा कम्पनीहरुको शेयरको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १८।०४ प्रतिशत रहेको देखियो । औषत प्रतिफल हेर्दा सबै भन्दा बढि NLIC तथा सबै भन्दा कम GLICL को रहेको भेटियो । त्यसैगरी जीवन बीमा कम्पनीको शेयरको विगत १० वर्षको प्रतिफलमा औषत Coefficient of Variance (C.V.)  ०।७६ रहेको देखियो । औषत प्रतिफलमा सबै भन्दा बढी  Coefficient of Variance (C.V.)  ALICL को तथा सबै भन्दा कम Coefficient of Variance (C.V.)  NLIC को  रहेको भेटियो । जीवन बीमा कम्पनीको शेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको शेयर रहेका देखियो । त्यसैगरी तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल वढी भएको शेयर समेत रहेको देखियो ।  अधिकतम् नाफा आर्जन गर्न लगानीकर्ताले Ranking Difference ऋणात्मक हुने शेयरमा लगानी गर्नु भन्दा Ranking Difference सुन्य र सकारात्मक हुने कम्पनीको शेयरमा लगानी गर्नु विवेकशिल निर्णय हुन्छ ।

(थापा नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रवन्धक पदमा कार्यरत छिन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS