IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले मङ्सिर २५ गते आर्मी अफिसर्स क्लबमा सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व। २०७८/७९ को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्नेछ ।

सभाले बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS