IME Life
Beema Board

डिशहोमले टी–ट्वान्टी र यूरो २०२४ लक्षित देशका १५ वटा शहरमा रोड शो गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अनव्हील्स रोड शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा सुविधाहरुको प्रचार प्रसार गर्ने भएको छ । यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक प्रस्तुतिहरू हुने डिशहोमले जनाएको छ ।

यसमा महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्कीले बेजोड प्रस्तुति दिने डिशहोमले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, कार्यक्रममा अन्य थप रोमान्चक गतिविधीहरू पनि हुने र त्यसमा सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्ने डिसहोमले जनाएको छ । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगंज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ ।

कार्यक्रमले देशैभरका हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ । डिशहोमले आउदो टी–ट्वान्टी र यूरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरूमा रोड–शो गर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS