IME Life
Beema Board

दशैं प्रकृतिसँग मनाउने हो भने यी हुन् नजिकैका सुन्दर गन्तव्यहरु

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय नेपालीहरु आन्तरिक पर्यटनमा रमाउन थालेका छन् । केहि वर्षअघिसम्म पर्यटक भन्ने वित्तिकै विदेशी पाहुना भनेर बुझ्ने गरिन्थ्यो । जो हवाइजहाज चढेर आउने खैरो कपाल भएका ठूल्ठूला झोला भिरेकाहरुलाई चिनिन्थ्यो । तर केहि वर्ष यता भने नेपालीहरुमा घुमघामको सौख छुट्टै बढ्न थालेको छ । अझ विश्वलाई नै आक्रान्त बनाएको कोरोना पश्चात नेपालीहरु अझ बढी प्रकृति प्रेमी बनेका छन् । व्यस्त दैनिकिमा केहि दिनको छुट्टि मिल्नासाथ साथीभाई आफन्तसँग घुमघामको योजना बन्ने गरेको छ ।

नजिकिदै गएको नेपालीहरुको महान पर्व दशैंमा धेरै जसो व्यस्त दैनिकि भएका नेपालीहरुले प्रकृतिसँग रमाउने योजना बनाउँदै छन् । तर ठ्याक्कै कुन ठाउँ जाने र कसरी जाने भन्नेमा दोधार नै हुन सक्छ । अझ भन्नुपर्दा त्यस्ता ठाउँमा कसरी कुन माध्यमबाट पुग्ने भन्ने कुराको यकिन समेत नहुन सक्छ । तसर्थ, यस लेखमा हामी काठमाडौं उपत्यकादेखि नजिकका गन्तव्यहरुको बारेमा केहि छोटो जानकारी गराउन गइरहेका छौं । जुन ठाउँहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंदेखि नजिक रहेका तर प्रचारप्रसारको अभावमा छायाँमा परेका थुप्रै रमणीय एवम पदयात्राका लागि उपयुक्त पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्नेछौं ।

Prabhu
Crest

१. रुबी भ्याली (गणेश हिमाल)

काठमाडौंको छिमेकी जिल्ला धादिङमा रहेको छ विश्वकै नम्बरमा पर्ने गणेश हिमाल । हिमाल भन्ने वित्तिकै सोलुखुम्बु, कास्की, मनाङ मुस्ताङ जिल्लालाई सझिने गरिन्छ । तर काठमाडौंको छिमेकी जिल्ला धादिङमा पनि अवस्थित रहेको छ । हिमाल । जुन रुबीभ्यालीको आँगनीमै ठम्म उभिएको छ । प्रकृतिको अद्भुत दृश्य अवलोकनका लागि एकदमै उपयुक्त छ यो स्थान ।

पछिल्लो समय स्थानिय सरकारको स्थापना भएसँगै उत्तरी धादिङको यो ठाउँलाई रुबी भ्याली गाउँपालिकाको नामकरण गरिएको छ । बहुमूल्य रुवि ढुङ्गा पाउने भएकोले पनि यो स्थानको नाम रुबी भ्याली राखिएको हो । यो ठाउँमा जानका लागि काठमाडौंको माछापोखरीबाट यात्रा सुरु गर्न सकिन्छ । नुवाकोटको बट्टार, विदुर, त्रिशुली हुँदै रसुको बेत्रावती, स्याफ्रुवेशी, सोमदाङ हुँदै एकै दिनमा गणेश हिमालको फेदीमा पुग्न सकिन्छ । मनोरम हिमशृङ्खलाको अवलोकन गर्नका लागि सबैभन्दा उत्तम स्थान भने पाङसाङ पास हो । यहाँ वान नाइट स्टे गरी थुप्रै हिमालको दृश्यहरु अवलोकन गर्न सकिन्छ । साथै धादिङको सदरमुकाम धादिङवेशीबाट एक दिन गाडीको यात्रा र आर्काे दिन पैदल यात्रा गरि पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै रुवीभ्याली गाउँपालिका पुग्न सकिन्छ । जहाँबाट गणेश हिमालले आफ्नै निधार चुमेझै लाग्ने गरि गणेश हिमाल उभिएको देखन सकिन्छ । यो गाउँपालिकामा भने तामाङ जातीको जविनशैली, मौलिकता, संस्कृति र परम्परालाई हेर्न सकिन्छ । जसलाई दशैंको विदा मनाउनका लागि एकदमै उपयुक्त स्थलको रुपमा लिन सकिन्छ ।

२.साञ्जेन भ्याली 

काठमाडौंदेखि केहि घण्टाको यात्रामा पुग्न सकिन्छ रसुवा जिल्ला । भौगोलिकताको हिसाबले हेर्दा यो जिल्ला दुर्गम नै मानिन्छ र तर प्राकृतिक रुपम हेर्ने हो भने प्रकृतिले भरपुर उपहार सुम्पिदिएको देखिन्छ । रसुवा जिल्लालाई प्रकृतिले दिएको सुन्दर उपहारमध्ये एक हो सान्जेन भ्याली । सान्जेन जलविद्युत आयोजनाको बारेमा धेरैलाई थाहा भएपनि सान्जेन भ्यालीको बारेमा भने थोरैलाई मात्रै थाहा हुन सक्छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा अवस्थित यस भ्याली प्राकृतिक रुपमा एकदमै मनमोहक रहेको छ । यो भ्याली छिमेकी मुलुक चीनको सिमाना नजिकै पर्दछ । यहाँ जानका लागि तातोपानीदेखि करिब ७ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । गणेश हिमाल र सान्जेन हिमाललाई नजिकबाट नियाल्न सकिने यो भ्यालीबाट धादिङ जिल्ला पनि नजिकै पर्दछ । साथै हिमाल आरोहणको सौख भएका पर्यटकले सान्जेन हिमालसँगै रहेको पाल्दोर पिक हिमाल आरोहण गर्न पनि सक्छन् । यसैगरी यो भ्यालीमा ४७२० मिटरको उचाइमा डिल्पु कुण्डसहित अन्य दुई आकर्षक कुण्ड पनि रहेको छ । सान्जेन भ्यालीमा जानका लागि भने काठमाडौं धादिङ, गल्छी, नुवाकोट, रसुवाको वेत्रावती, मैलुङ हुँदै जान सकिन्छ ।

३.लाङटाङ हिमाल

दशैं विदामा काठमाडौंदेखि नजिक हिमालमा हिउसँग रमाउने योजनामा भएका पर्यटकले रसुवा जिल्लामा अवस्थित लाङटाङ हिमाललाई आफ्नो गन्तव्यको रुपमा लिन सक्छन् । काठमाडौं, धादिङ, गल्छी, नुवाकोट, रसुवाको वेत्रावती हुँदै धुन्चे पुग्न सकिन्छ । सदरमुकाम धुन्चेबाट केहि घण्टाको गाडीको यात्रा पश्चात भने स्याफ्रु पुग्न सकिन्छ । स्याफ्रुबाट भने पैदल यात्रा गर्दै लाङटाङतर्फ सोझिनुपर्ने हुन्छ । करिब ६ दिनको यात्रामा लाङटाङ हिमालको यात्रा गर्न सकिन्छ ।

क्यानजेन भ्यालीको पदयात्रामा लाङटाङ हिमाललाई अन्तिम गन्तव्यको रुपमा लिइन्छ । समुन्द्री सतहदेखि करिब ३ हजार ८५० मिटरको उचाइमा रहेको छ क्यानजेन भ्याली, जुन लाङटाङ राष्टिङय निकुञ्जभित्र रहेको छ । हिमालसँग आमनेसामने गर्न सकिने भएकोले पनि हिमाल र हिउँ प्रेमीले करिब एक हप्ताको समय छुट्याएर लाङटाङको पदयात्रा गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS