IME Life
Beema Board

सफल मर्जर पछि हिमालयन एभरेष्टको व्यवसायमा प्लस, सिनर्जी इफेक्ट देखिन बाँकी  

SPIL
NIC ASIA

काठमाडौं । सफल मर्जर पछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा केहि सिनर्जी देखिएको छ । साउन एक गतेदेखि एकिकृत कारोबार गरेका हिमालयन र एभरेष्टले साउन महिनामा मात्रै ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले राष्ट्रिय बीमा कम्पनी र शिखर बाहेक सबैलाई उछिनेको छ । राष्ट्रिय बीमा कम्पनीको अहिलेको व्यवसाय सरकारबाट संरक्षित भएको हुँदा यो नेचुरल होइन । सरकारका कतिपय आयोजना तथा स्किमको नविकरणका कारण साउनमा कम्पनीको व्यवसाय बढेको देखिएको हो । यसले आगामी भदौ महिनादेखि निरन्तरता पाउदैन । त्यसैले भदौ महिनादेखि कम्पनीको र्याङ्किङ विस्तारै घट्दै जानेछ । त्यसैले कम्पनीले शिखर बाहेक सबैलाई उछिन्न सफल भएको देखिन्छ ।

Prabhu
Crest

गत असार महिनामा हिमालयन ८ नम्बरमा थियो तर एभरेष्ट १७ औ नम्बरमा थियो । त्यस्तै गत वर्षको साउन महिनामै हेर्ने हो भने हिमालयन ५ औ नम्बरमा थियो भने एभरेष्ट १६ औ नम्बरमा थियो । गत आर्थिक वर्षको पहिलो महिनामा हिमालयनको बीमा शुल्क आर्जन ३२ करोड र एभरेष्टको ११ करोड रुपैयाँ थियो । तत्कालिन समयको बीमा शुल्कलाई जोडेर हेर्दा ३३ करोड देखिन्छ ।

अहिले साउनमा मर्जर पछिको बीमा शुल्क आर्जन पनि ३३ करोड नै छ । त्यसैले अहिलेसम्म दुइ कम्पनीको व्यवसाय प्लस मात्रै भएको छ तर सिनर्जी इफेक्ट भने देखिन सकेको छैन । एकिकृत कारोबार भएको भर्खर एक महिना मात्रै भएकाले तत्काल यस्तो भयो भनेर निष्कर्ष निकालिहाल्नु पनि हुँदैन । हिमालयनले सबैभन्दा तल्लो तहको कम्पनीलाई मर्ज गरेर दुई तीन तह बढाउन मात्रै सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS