IME Life
Beema Board

एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.को आयोजना तथा सन इन्फोटेक लि।को संयोजकत्वमा ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

एन.सी. सी. बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा सुवेदीले जनाकरी दिएका थिए भने समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारेका थिए। प्रस्तुतिको क्रममा उनले एन. सी. सी. बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए।

Prabhu
Crest

यसै गरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए। साथै, उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए। कार्यक्रमको अन्तमा सहभागीहरुले उठाएका जिज्ञासाहरूसंग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको समुपस्थिति रहेको थियो।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS