IME Life

एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, रु‍. २ अर्ब ३४ करोड ६८ लाख जुटाउने लक्ष्य

SPIL
NIC ASIA

काठमाडौं । एलआइसी नेपालले पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनको लागी ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय स्वीकृतिको लागी बीमा समिति लगायत नियामक निकायसमक्ष प्रस्ताव पेश गरेको छ ।
हाल कायम चुक्ता पूँजीको आधारमा एलआइसी नेपालले हकप्रद शेयरमार्फत् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

Prabhu
Crest

नियामक बीमा समितिले बीमा कम्पनीहरुले हकप्रद बाहेकको माध्यमबाट चुक्ता पूँजी पुर्‍याउनुपर्ने अडान लिइ रहेका बेला एलआइसी नेपालले सिधै हकप्रद शेयर जारी गर्ने निर्णय सार्वजनिक गरेको छ । एलआइसी नेपालको यस्तो प्रस्तावप्रति नियामक बीमा समितिले कस्तो प्रतिकृया जनाउँछ भन्ने विषय अब बाँकी बीमकहरुको लागी कौतुहलताको विषय बन्ने भएको छ ।

बीमा समितिले प्रस्ताव स्वीकृत गर्नुको साथै आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र एलआइसी नेपालले हकप्रद शेयर जारी गर्न पाउनेछ ।

एलआइसी नेपालमा ५५ प्रतिशत स्वामित्व रहेकाे एलआइसी इण्डियाकाे स‌ंचालक समितिले हकप्रद शेयरवापत एलआइसी नेपालमा ८० करोड ६७ लाख भारतीय रूपैयाँ अर्थात् १ अर्ब २९ करोड नेपाली रूपैयाँ थप लगानी गर्ने निर्णय भारतीय स‌ंचारमाध्यमबाट गत असारमै सार्वजनिक भइसकेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS