IME Life
Beema Board

नेप्सेमा छायो हरियाली, साढे २ अर्बको कारोबार हुँदा १८० कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५५ दशमलव ८८ अंकले बढेर २,०६५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स उपसूचक ७ प्रतिशतले बढेको छ । आज १८० कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड २ लाखमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावर कम्पनीका लगानीकताल्े ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिडी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS