IME Life
Beema Board

शेयर बजार २७ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ९२ अंकले घटेर २,०१० दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको ६ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीको २ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले २ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS