IME Life
Beema Board

भारतीय सेयर बजारका `बिग बुल´ राकेश झुनझुनवालाको निधन, ‘५ हजारबाट ४६ हजार करोडको पोर्टफेलियो’

SPIL
NIC ASIA

काठमाडौं । भारतीय शेयर बजारका ‘बिग बुल’ राकेश झुनझुनवालाको निधन भएको छ । झुनझुनवालाको ६२ वर्षको उमेरमा आज विहानै मुम्बईमा निधन भएको हो । भारतीय शेयर बजारका लगानीकर्ताको आदर्श पात्रका रुपमा चिनिएका झुनझुनवालाको कुल सम्पत्ती ६५ हजार करोड रुपैयाँभन्दा बढी छ । भारको ३६ औ धनि व्यक्तिका रुपमा चिनिएका उनले शेयर बजारबाटै दैनिक ५ सय करोड काउँथे ।

टाटा ग्रुपमा सबैभन्दा धेरै लगानी गरेका उनले १९८६ मा ५ हजार लगानीबाट टाटा चियाको सेयरमा ५ लाख कमाएपछी सेयर बजारमा पूर्णकालिन रुपमा लागेका थिए । उनले हालैमात्र `अकाशा´ नामको एअरलाईन्स शुरु गरेका थिए । झुनझुनवालाले टाइटन, स्टार हेल्थ, मेट्रो ब्राण्ड, टाटा मोटर्स, क्रिसिल लगायतका कम्पनीमा लगानी गरेका थिए ।

Prabhu
Crest

उनको `निष्ठा´ नामकी छोरी र `आर्यमन´ तथा `आर्यवीर´ नामका दुई छोरा छन् । अर्बौ खर्बौका मालिक झुनझुनवालाको जीवन शैली भने निकै सरल थियो । केहि समय अगाडी उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सङ्गको भेटमा लगाएको कपडाको ठुलो चर्चा भएको थियो । उनि इग्लिस विग्लिस, शमिताभ र एण्ड नामक फिल्ममा निर्माता समेत हुन् । चार्टर्ड एकाउन्टेन्सी झुनझुनवालले शेयर बजारमा ५ हजार लगानी गरेर ४६ हजार करोडको पोर्टफेलियो बनाउन सफल भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS