IME Life

सबै भन्दा कम मूल्य भएका कम्पनीको सूचीमा बैंक किन छन् अगाडि ?

SPIL
Sanima Reliance

काठमाडौँ । नेप्सेमा अहिले फरक प्रकारको ट्रेण्ड देखिएको छ । बजारमा लगानीकर्ता भन्दा कारोवारीहरु हावी हुन थालेको देखिएको छ, फलस्वरूप लगानीकर्ताहरु उतारचढाव धेरै हुने क्षेत्र तर्फ आकर्षित भएका छन् भने आधारभूत पाटोलाई कम हेर्न थालिएको छ । अनलाइन प्रविधि, युवा लगानीकर्ताको आक्रामक प्रवेशले गर्दा बजार कारोवारीमय भएको छ ।

अहिले ठूलो पुँजी भएको वाणिज्य बैंक क्षेत्रको शेयर मूल्य भने खासै वृद्धि हुन सकेन । कति पय वाणिज्य बैंकहरुको शेयर मूल्य नेप्से ११०० हुने बेला भन्दा पनि कम रहेको छ।

Crest
Meta Holidays

अहिले नेप्सेमा सबै भन्दा सस्तो कम्पनीको सूची हेर्दा शिर्ष ६ कम्पनीहरु वाणिज्य बैंक रहेका छन् ।  नेप्सेमा कारोवार हुने कम्पनी मध्ये आजको दिनमा सिटिजन्स बैंकको शेयर मूल्य सबै भन्दा सस्तो छ । कम्पनीको शेयर मूल्य २०४ रुपैया रहेको छ भने दोश्रोमा लक्ष्मी बैंकको शेयर मूल्य २०५ रुपैयाँ रहेको छ।  तेश्रोमा एनसीसी बैंकको शेयर मूल्य २०७ रुपैयाँ ५० पैसा हुँदा चौथोमा कुमारी बैंकको शेयर मूल्य २०९ रुपैयाँ छ । पाँचौमा सनराइज बैंकको शेयर मूल्य २०९ रुपैयाँ ९० पैसा हुँदा ६ नम्बरमा प्रभु बैंकको शेयर मूल्य २१२ रुपैँया छ । सातै नम्बरको सस्तो कम्पनीमा भने दश रुपैयाँ अंकित मुल्य भएको सोल्टी होटल हुँदा आठौ नम्बरको सस्तो कम्पनी एचआईडिसीएल छ ।

सबै भन्दा सस्तो मूल्य भएका ६ कम्पनीमा ६ वाणिज्य बैंक भए पनि यी कम्पनीहरु आधारभूत रुपमा बलियो नै रहेका छन् । उनीहरूको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण हेर्दा आकर्षक नै देखिन्छ ।

त्यस्तै सबै बैंकको प्रति शेयर नेट्वर्थ अंकित मूल्य ( एक सय ) भन्दा माथि नै छ भने सबै बैंकहरु नाफा मै छन् ।

तर, नेप्सेमा हाल कारोवारी हावी हुँदा आधारभुत रुपमा निकै कमजोर कम्पनीहरुको शेयर मूल्य माथि रहेको छ । प्रति शेयर नेट्वर्थ अंकित मूल्य भन्दा धेरै तल भएका, धेरै वर्षसम्म लाभांश दिने सम्भावना नभएका र निरन्तर नोक्सानीमा गएर जगेडा कोष रित्तीदै गएका कम्पनीहरु बजारमा धेरै माथि हुनुले कुनै दिन जोखिम निम्तिने सम्भावना पनि त्यति धेरै नै हुन्छ ।

शेयर बजारका जानकार अनुसार २०७२ सालमा वाणिज्य बैंकको चुक्ता पुँजी वृद्धिको असर अहिलेसम्म देखिएको छ ।२०७२ साल बाट वाणिज्य बैंकहरु निरन्तर पुँजी वृद्धिमा केन्द्रित हुँदा अधिक शेयर सप्लाई बजारमा आउनु पुग्यो।  जसको कारण शेयर मूल्यले गति लिन सकेन । अब भने नेपाल राष्ट्र बैंकले कुनै प्रकारको लाभांश दिन रोक लगाएको छैन । अब भने पहिलाको जस्तो शेयर सप्लाई नआउने देखिन्छ । गत वर्षको मौद्रिक नीति मार्फत नगद लाभांश दिन कडाइ गरिएको थियो भने अहिले सो कडाईलाई हटाईएको छ।

सबै भन्दा थोरै बजार मूल्य भएका शिर्ष २० कम्पनीको सूची :

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x