IME Life

नेपाल बैंकका ग्राहकले एनसेलको सिम प्रयोग गरी एप चलाउँदा डाटा निःशुल्क पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ ।

Prabhu
Crest

अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसंग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे । आगामी दिनहरुमा एनसेल एक्सीयाटासंगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे ।

त्यस्तै, एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार व्यक्त गरे ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS