IME Life
Beema Board

हिमालयन एभरेष्टको एकिकृत कारोबार साउन १ गतेबाट, मर्ज पछि लाइसेन्स नम्बर हिमालयनकै

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर पछिको एकिकृत कारोबार साउन एक गतेदखि शुभारम्भ गर्ने सहमति भएको छ । दुबै कम्पनीले मर्जरको प्रस्ताव यहि असार २ गते विशेष साधारणसभा बोलाएका छन् ।

साधारणसभाले दुई कम्पनी विचको मर्जरको सहमतिलाई स्वीकृति सहित पारित गरे सँगै एकिकृत कारोबारको लागि बाटो खुला हुनेछ । दुबै कम्पनीका सञ्चालक तथा संस्थापक लगानीकर्ताहरु विच अधिकाम्स विषयमा सहमति जुटिसकेको छ ।

Prabhu
Crest

विशेष साधारणसभा तथा संझौतापत्रमा एक आपसमा गाभिने भनिए पनि हिमालयनले एभरेष्टका सम्पुर्ण दायित्वहरुलाई सकार्नेछ । यो भनेको हिमालयनले एभरेष्टलाई प्राप्ती गरे जतिकै हो । मर्जर पछि लाइसेन्स नम्बर, प्यान नम्बर, कम्पनी रजिस्ट्रार कार्यालयको नम्बर सबै हिमालयन कै कायम हुने । नाम ‘हिमालयन एभरेष्ट’ राखिए पनि सम्पत्ती तथा दायित्वहरु हिमालयन इन्स्योरेन्स अन्तर्गत नै हुने भएकाले यो प्राप्ति नै हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पछि गठन हुने संचालक समितिमा एभरेष्टको तर्फबाट चयन भइ आउने सञ्चालकहरुलाई पदस्थापन गर्नु पर्नेछ । यसरी बन्ने सञ्चालक समितिको कार्यकाल मर्जर पछिको पहिलो साधारणसभासम्म कायम रहन्छ । त्यस पछि नयाँ सञ्चालक समितिको निर्वाचन हुन्छ ।

दुई कम्पनीको स्वाप रेसियो एक बरारबर ०.८५ हुने सहमित भएको छ । मर्जर पछि हिमालयन इन्स्योरन्सका शेयरधनीहरुको शेयर पूँजी यथावत रहनेछ । भने एभरेष्टका शेयरधनीको शेयर संख्या १५ प्रतिशतले घट्ने छ । हाल हिमालयनको चुक्ता पूँजी एक अर्ब १७ करोड रुपैयाँ छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

मर्जर पछि ‘हिमालयन एभरेष्ट’को चुक्ता पूँजी २ अर्ब २३ करोड पुग्ने, कस्तो होला तीन दशकका दुई कम्पनीको मिलन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS