IME Life

चुलो चौकामा सिमित महिला कम्पनीको नेतृत्वसम्म

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय प्रशासनिक एवम बैंक वित्तिय क्षेत्रमा नेपाली महिलाको उपस्थिति बाक्लो हुन थालेको छ । कुनै समय चुलो चौकामा मात्रै सिमित हुने महिला आजभने नेतृत्वदायि क्षेत्रमा समेत अग्रणी भूमिकामा देखिन्छ । तेसो त महिलाको नेतृत्व रहेको पेशा व्यवसाय तथा उद्योगको व्यवस्थानपन राम्रो रहने विभिन्न तथ्याङ्कले देखाउछ ।

महिलालाई शैक्षिक क्षेत्रबाट टाँढा राख्नुपर्छ भन्ने मानसिकताले जकडीएको नेपाली समाजले वर्तमान समयम भने सोहि क्षेत्रलाई हाँक्ने महिला जनशक्तिको उत्पादनमा बढोत्तरी दिएको छ । शैक्षिक क्षेत्रमा महिलाको सहभागाी बढेसँगै विभिन्न क्षेत्रमा महिला नेतृत्व बढ्दै गएको छ । केही दशक अघि आमा शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ भन्ने नाराले निक्कै ठाउँ ओगटेको थियो । शिक्षित महिलाको आवश्यकता केवल परिवारमा मात्र नभई समाज र देशमा पनि आवश्यक रहेको यथार्थ वर्तमान परिवेशमा प्रष्ट देखिन्छ ।

Prabhu
Crest

पछिल्लो समय नेपालम बीमा क्षेत्रमा महिलाको सहभागीता बढेको छ । बीमा कम्पनीहरुको अभिकर्ता सञ्जालमा धेरै जसो महिला अभिकर्ताकै उपस्थिति बाक्लो रहेको छ । । कुनै समय चुलो चौकोमा मात्रै सिमित हुने महिलाहरु अभिकर्ताको रुपमा बीमितको घर–घर पुगेर बीमा बारे ज्ञान दिने, सचेतना फैलाउनेसँगै राम्रो आम्दानी गर्दै आइरहेका छन् । जसले गर्दा एकातिर आर्थिक रुपमा सबल बनेका छन् भने अर्काेतिर सामाजिक रुपमा मान सम्मान समेत कमाइरहेको थुप्रै महिला अभिकर्ताहरु रहेका छन् । यसले गर्दा परिवारको आर्थिक पक्ष बलियो बनाउन थप सहयोग मिलेको छ ।

अभिकर्ता सञ्जालमा मात्र नभई बीमा कम्पनी हाँक्न समेत महिलाहरु सक्षम बनिसकेका छन् । यसको ज्वलन्त उदाहरण हुन् युनाइटेड इन्स्योरेन्सका सिइओ उपासना पौडेल । उनी यस क्षेत्रका पहिलो र सबैभन्दा कान्छी महिला सिइओ हुन् । अधिकाम्स बीमा कम्पनी उच्च व्यवस्थापनमा पनि महिना पुगिसकेका छन् । बीमा क्षेत्रकै उच्च व्यवस्थापनमा ५०/६० जना भन्दा धेरै महिला छन् । तुलनात्मक रुपमा यो संख्या कम हो तर हुँदै नहुनु भन्दा उनिहरुको प्रतिनिधित्वले भोलिका दिनमा अझै महिलाहरु आउने बाटो खुला गरिदिएको छ ।

बीमा क्षेत्रमा मात्र नभई वित्तिय क्षेत्रमा पनि उच्च ओहोदामा महिलाको नेतृत्व रहेको छ । केही समयअघि मेघा बैंकमा सिइओको रुपमा अनुपमा खुजेली रहेकी थिइन् । उनको राजीनामा पश्चात भने निमित्त प्रमुख कार्यकारीको रुपमा रबिना देशराजलाई नियुक्त गरिएको छ । यसरी प्रत्येक दिन वित्तीय क्षेत्रमा महिलाको नेतृत्व उच्च ओहोदामा कायम हुँदै गएको छ । नेतृत्वदायी भूमिका निभाउन सक्षम भएकोले नै यी महिलाहरुले बैंक तथा बीमा कम्पनी हाँक्न सकेका हुन् ।

नेपालको प्रशासनिक क्षेत्रको उच्च तहमा समेत थुप्रै महिलाले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । अधिकृतदेखि सुब्बा खरदारको पदमा महिलाको उपस्थिति देखिन्छ । सिपाहीदेखि इन्सपेक्टर, एआइजीसम्मको पदमा महिलालाई देख्न सकिन्छ । राजनैतिक क्षेत्रमा हेर्ने हो भने नेपालमा राष्ट्रपति समेत महिला छिन् । त्यसो त सरकारले प्रशासनिक क्षेत्रमा महिला कोटा नै छुट्याएदिएको छ । जसले गर्दा प्रशासनिक क्षेत्रको उच्च ओहोदासम्म पुगेर राष्ट्रको सेवा गर्न महिलालाई थप सहयोग पुगेको छ ।

दोहोरो भूमिका निभाउँदै भएपनि नेपाली महिलाहरु जागिरमा रमाइरहेका छन् । कार्यालय समयमा कर्मचारीको भूमिकामा रहने तीनै महिला परिवारमा भने कसैको आमा, कसैको श्रीमती, कसैको बुहारी बनेर आफ्नो भूमिका पूरा गरिरहेका छन् ।

उसो त नेपाली समाजमा पुरुषको दाँजोमा महिलालाई कमजोर मान्ने गरेको छ । पुरुष घर बाहिर गएर कमाउने र महिला घर व्यवहार सम्हाल्ने संरचना व्याप्त छ । सोही संरचनाको आकार प्रकार परिवर्तनमा अघि बढेको छ नेपाली महिला । अवसर पाए हरेक क्षेत्रमा सफलता लिन सक्ने उचाइ बनाइसकेका छन् । महिलाहरु बौद्धिक एवम शारिरीक रुपमा समेत सक्षम रहेको ज्वलन्त उदाहरण बनिरहेका छन् नेपाली महिला ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS