IME Life

प्राइम, गुराँस र युनियनले असार भित्रै मर्जर टुङ्गाउने, डिडिए अन्तिम चरणमा: नाम के होला ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार भित्रै मर्जर प्रकृयाँ पुरा गर्ने भएका छन् । स्रोतका अनुसार तिन वटै कम्पनीको डिडिए समेत भइसकेको छ । एउटाको मात्रै अन्तिम चरणमा रहेकाले स्वाप रेसियो घोषणा हुन बाँकी छ ।

तीन वटैका सञ्चालकहरुले बीमा समितिले पूँजी बृद्धि योजना ल्याउनु भन्दा अगाडी देखिनै मर्जरको लागि आपसी छलफल गरेका थिए । स्रोतका अनुसार कम्पनीहरु विचको आपसी सहमतिमा स्वाप रेसियो पनि लगभग टुङ्गिएको छ । भोलिका दिनमा केहि तलमाथि भएन भने युनियन र गुराँसको स्वाप रेसियो ८५ हुनेछ भने प्राइमको १०० हुनेछ । यसका लागि मर्जर कमिटीका पदाधिकारीहरुले तिव्र गतिमा काम गरिरहेका छन् ।

Prabhu
Crest

यदि कुनै पनि कानुनी वाधाअड्चन रहेन भने मर्जर पछिको संयुक्त कारोकार नै साउन पहिलो सातामै गर्ने आपसी सहिमति पनि भइसकको छ । यसका लागि सबैभन्दा पहिला डिडिए पुरा गर्नु पर्छ । त्यस पछि तीन वटैले विशेष साधारणसभा बोलाउनु पर्नेहुन्छ ।

विशेष साधारणसभाले अनुमोदन गरेपछि कानुनी प्रकृयाँ पुरा गर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा ठुलो बाधक पोलिसीको बोनसदर कसरी समायोजन गर्ने भन्ने हो । सम्पुर्ण कम्पनीको दीर्घकालिन दायित्व रहेको हुँदा कतिपय दायित्वले मर्जर पछि पनि समस्या दिन सक्छन् । यस बाहेक अन्य कुराले मर्जरलाई त्यति ठुलो समस्या दिदैन ।

कर्मचारी समायोजन सबैभन्दा पेचिलो विषय भए पनि यसमा समाधानका कयौ उपाय छन् । अर्को शाखा सञ्जाल सबैभन्दा धेरै युनियन लाइफको भएको हुँदा तीन वटाको मर्जर पछि शाखा सञ्जाललाई पनि व्यवस्थापन गर्न गाह्रो पर्नेदेखिन्छ । कतिपय स्थानमा त शाखा नै मर्ज गर्नु पर्ने हुन सक्छ ।

सञ्चालक, लगानीकर्ता, बीमित र कर्मचारीहरु लगायत सबैको अहिलेको चासो मर्जर पछि नाम के होला भन्ने छ । तीन वटै कम्पनीको छलफलमा अहिलेसम्म पनि नामको विषयमा भने टुङ्गो लाग्ने किसिमले कुराकानी भएको छैन । स्रोतका अनुसार तीन वटै कम्पनीका पदाधिकारीहरुले विग मर्जरको सन्देश सहित नयाँ नाम र ब्राण्ड लिएर बजारमा जाने छलफल भएको छ ।

कतिपयका अनुसार यसो गर्दा बजारमा स्थापित ब्राण्ड सकिने अवस्था छ । युनियनले नामका लागि खासै ठुलो वार्गेनिङ गरेको छैन । कमजोर अवस्थामा रहेको गुराँसले पनि नामका लागि दावा गरिरहेको छैन । नाममा चलिलो रहेको प्राइमले पनि आफ्नै नाम हुनु पर्छ भन्दै अडान नलिएको हुँदा अधिकाम्सको मनस्थिति नयाँ नाम नै राख्ने भन्ने छ ।

यदि बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालयले तीन वटाकै नाम मध्येबाट एउटा राख्नु भन्ने निर्देशन दियो भने सबैभन्दा पुरानो कम्पनीको हैसियतले प्राइम लाइफ नाम राख्न सकिने एक उच्च व्यवस्थापनका कर्मचारीले बताए ।

कसरी पुग्यो मर्जरसम्मको अवस्थामा

तीन वटै कम्पनीको प्रमुख शेयरधनी मारवाडी समुदायका हुन् । प्राइममा राजेन्द्र खेतान छन् भने युनियनमा सुलभ अग्रवाल र गुराँसमा दुगड समुहको लगानी रहेको छ । त्यसमा पनि तीन वटैमा एक अर्काको लगानी रहेको छ । तीन वटैका आ-आफ्नै व्यसायिक सम्राज्य छ । तै पनि उनिहरु कसरी एकै ठाउँमा आए भन्ने कुराले सबैलाई चकित बनाएको छ ।

बीमा समितिले पूँजी बढाउदैछ भन्ने सूचना पाए पछि तीन वटै कम्पनीका लगानीकर्ताको मर्जरमा जाने विषयमा छलफल सुरु भएको थियो । तीन वटै समुहलाई बीमा समितिले कति पूँजी बढाउदैछ भन्ने जानकारी थियो ।

बीमा समितिले पूँजी बढाउने वित्तीकै कम्पनीबाट अगामी ५ वर्षसम्म कुनै पनि प्रतिफल लिन सकिदैन, त्यसमा पनि दोब्बर भन्दा धेरैले पूँजी थप गर्नु पर्ने भए पछि उनिहरु पूँजी थप्ने भन्दा पनि कम्पनीको आकार ठुलो बनाउने तर्फ पुगेका हुन् । त्यसैले तीन चार महिना अगाडी देखिनै तीन वटा कम्पनीका सञ्चालकहरु निरन्तर छलफलमा थिए । सोही अनुसार उनिहरुले डिडिए पनि अगाडी बढाए ।

बीमा कम्पनीबाट लाभांश भन्दा पनि अन्य किसिमका लाभ लिन सकिनेमा उनिहरुलाई राम्रो सँग थाहा छ । अहिले नै कतिपय सञ्चालक तथा ठुला लगानीकर्ताले बीमा कम्पनीका कारण लाखौ करोडौको फाइदा लिइरहेका छन् । तीन वटै समुहका लगानीकर्ताका ठुला ठुला उद्योग छन् । उनिहरुकै बैंकमा पनि ठुलो लगानी छ । यतिसम्मकी एउटै लगानीकर्ताको बैंकमा अर्बौ रुपैयाँ कर्जा छ ।

बीमा कम्पनीका सञ्चालकहरुले आफूले कर्जा लिएको बैंकमा बीमाबाट निक्षेप पठाउने र त्यहिबाट अन्य कसिमका फाइदासम्म लिने गरेका छन् । यदि मर्जर गरेर कम्पनी ठुलो बनाइयो भने यस्तो फाइदा अझ बढि लिन सकिनेमा उनिहरुलाई राम्रो सँग थाहा छ ।

तीन वटा कम्पनी मर्ज हुने वित्तीकै पूँजी कोष ९ अर्ब नाघ्नेछ । तीन वटाको हालको चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ छ । स्वाप रेसियोका कारण मर्जर पछिको चुक्ता पूँजी घटेपनि स्वाप रेसियो अन्तर्गतको पूँजी जगेडा कोषमा जोडिने हुँदा पूँजी कोष घट्ने छैन । अर्को तर्फ तीन वटाको जीवन बीमा कोष जोड्ने हो भने ४० अर्ब नाघ्नेछ । यसका अतिरिक्त जीवन बीमा कम्पनीमा अन्य किसिमका पनि कोष हुन्छन् ।

अव मर्जर पछिको कम्पनी सँग ५० अर्ब भन्दा धेरै लगानी गर्ने क्षमता हुन्छ । उनिहरु सँग वार्गेनिङ पावर थप मजबुद हुन्छ । आफुलाई कर्जा आवस्यक पर्दा व्याज घटाउन दावव दिन सक्ने हैसियत उनिहरु सँग हुन्छ ।

अर्को तर्फ यहि पूँजीमा थप पूँजी थप्दा कम्पनीबाट प्रतिफल पाउन वर्षौ कुर्नु पर्छ । त्यसमा पनि अर्बौ रुपैयाँ पूँजी जुटाउनु पर्ने बाध्यता । मर्जर गर्दा नयाँ लगानी विनानै कम्पनीको क्षमता बढ्छ । बजारमा धेरै वटा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन्छ । ठुलो क्षमता भएका कम्पनीले शाखा सञ्जाल तथा नेटवर्क पनि ठुलै बनाउन सक्छन् । यदि मर्जरले सिनर्जी दियो भने चाढै प्रतिफल पनि दिन सक्छ । मर्जर पछिको स्वाप रेसियोबाट बाँकी रहेको रकमबाट बोनस दिन सक्छ । जसले दोस्रो बजारबाट पनि लाभ लिन सकिन्छ । बीमा कम्पनीका लगानीकर्ताको अर्को आम्दानीको स्रोत भनेको दोस्रो बजार पनि हो ।

ठुलो कम्पनीको ठुलै सूचना हुन्छ । सूचना लिएरै उनिहरुले करोडौ रुपैयाँको पूँजीगत लाभ लिन सक्छन् । उनिहरुलाई कम्पनीले दिने बोनस भन्दा बोनसको सूचनामा खेलेरै बढि लाभ प्राप्त हुन्छ । यसले गर्दा पनि बीमा कम्पनीका लगानीकर्ता मर्जरमा आकर्षित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS