IME Life
Beema Board

बरुण हाइड्रोपावरको नाफा ३०५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिमा अधिकांश सूचकमा प्रगति गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

चालू आर्थिक वर्षमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षआवमा कम्पनीले विद्युत विक्री बापत ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर ६ करोड ९९ लाख पुगेको हो ।

कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने चालू आर्थिक वर्षमा कम्पनीले जगेडामा २ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको हो ।

चालू आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५.७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS