IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २६% ले घट्यो, नाफा ११ करोड ३६ लाख

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । १ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३१ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड १४ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ६५ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ५ लाख रुपैयाँ बीमा कोषमा रहेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले कमी हो ।

कम्पनीले यस अवधिसम्ममा ३५ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४८ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ दशमलव २२ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १७ करोड ७२ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा प्रति शेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ४३ पैसा रहेको छ । पिइ अनुपात ४३.१३ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS