IME Life

तलब नपाए पछि स्वर्णलक्ष्मी सेक्युरिटिजका कर्मचारीले नेप्से र बोर्डमा दिए उजुरी

SPIL
NIC ASIA

काठमाडौं । स्वर्णलक्ष्मी सेक्युरिटिज (दलाल नम्बर ३७)का कर्मचारीले समयमा तलब नपाएको र दुर्व्यबहार गरेको भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा उजुरी दिएका छन् । स्वर्णलक्ष्मीको पुतलीसडक शाखाका कर्मचारीहरु रितेश शाक्य, कविता लामा, अन्जना दवाडी, अन्जिता प्रधान र नविन न्यौपानेले संयुक्त रुपमा निवेदन लेखेका हुन् ।

उनिहरुलाई व्यवस्थापनले मासिक पारिश्रमिक माग गर्दा दुर्व्यबहार गरेको तथा कार्यालय समयमै मानसिक यातना/टर्चर गरिरहेको तथा जागिर निकालाको धम्की समेत दिने गरेको उजुरीमा उल्लेख छ । सेक्युरिटिजले धितोपत्र बोर्डको नियम अनुसार कुनै पनि प्रकारको सेवा-सुविधा नदिएको तथा नियम संगत कुनै पनि प्रकारको आर्थिक लाभ समेत नदिएको उनिहरुले पत्रमा उल्लेख गरेका छन् ।

Prabhu
Crest

कर्मचारीले व्यवस्थापन समक्ष चैत ६ गते बैठक बस्न अनुरोध गरेका थिए । उनिहरुको अनुरोधको कुनै पनि जवाफ नआएपछि चैत ७ र ८ गते कामै ठप्पपारी धर्नामा बसेका थिए । धर्ना बस्दा पनि व्यवस्थापनले सुनुवाइ नगरेपछि कर्मचारीहरुले संयुक्त रुपमा नेपाल धितोपत्र बोर्ड र नेप्सेमा उजुरी दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS