IME Life

बीमा दावी नै बजारीकरणको मूल अस्त्र: सुभाष कोईरालाको लेख

SPIL
NIC ASIA

विगतमा बीमा गर्दा बीमितहरुबाट सधै सोधिने प्रश्न हुुन्थ्यो, मैले जम्मा गरेको पैसा फिर्ता कसरी आउछ ? यसै प्रश्नको सेरोफेरोमा बीमितलाई अभिकर्ताले गरेको सकारात्मक व्यवहार, जानकारी प्रदान गरेको तथ्यगत विषयहरु, सुधारात्मक सम्बन्ध आदिले गर्दा बीमितले बीमा गरेपश्चात पाउने विभिन्न प्रतिफल, दावी लगायत सजिलै फिर्ता पाउन सहज हुन्ध्यो । तर अभिकर्तासंग सुुसम्बन्ध कम भएका बीमितहरुको दावी प्रकृया झन्झट नै हुुन्थ्यो । त्यसैले जुन बीमित तथ्यगत विषय नबुझि र अभिकर्तालाई सम्पर्क नगरि दावी प्रकृयामा सामेल हुन्थ्यो, उसबाट बीमा दावी प्रकृयाबारे नकारात्मक टिप्पणी गर्नु सामान्य मानिथ्यो ।

जमाना परिवर्तन भैसकेको छ । आज पूर्णकालिन पेशा गरि आवद्ध भएका अधिकांश अभिकर्ताहरु बीमा गर्ने प्रकृयामा मात्र सामेल छैनन्, नवीकरण गराउन ताकेता गर्ने, बीमा शुुल्क संकलन गरि भुुक्तानी गरिदिने, रसिद बुझाईदिने तथा अनेक प्रकारका दावी प्राप्त गर्न सघाउने गरेको प्रत्यक्ष देख्न सकिन्छ । अपवाद वाहेकले बीमाको अभियन्ताको रुपमा समाजसेवा तथा असल रुपमा बजारीकरण गरेको देखिन्छ । आज बीमाको दावी प्रति नकारात्मक टिप्पणी थोरै बहुत हुुने गरेकोमा शंका गर्नुुपर्ने देखिन्न । जुन बीमकबाट प्रदान गरिने विभिन्न दावीहरु सहज, सरल तथा मैत्रीपूर्ण तवरले प्रदान गरिन्छ त्यस बीमकमा व्यवसाय पनि प्रगतिउन्मुख भएको तथ्य हाम्रोमा लुुकेको छैन् । यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले नया केहि बीमकको र पूरानो एक बीमकको दावी भुुक्तानी बक्यौता शून्य भएको तथ्य सार्वजनिक गरेकोमा निजहरुको व्यवसायमा विगत भन्दा उल्लेख्य प्रगति भएको देखियो । तर बीमा उद्योगमा अब्बल मानिएका बीमकहरुले दावी भुुक्तानी गर्न आनाकानी गर्ने, ढिलो भुक्तानी दिने वा आवेदनलाई पेण्डिङ्गमा राखिदिनाले निजहरुको व्यवसायमा गिरावट आएको मात्र नभई व्यवसाय गर्ने ठूलो जमातले वैकल्पिक बीमक रोज्न गएबाट व्यवसायमा गिरावट आउन गएको देखिन्छ ।

Prabhu
Crest

बीमकबाट अभिकर्तालाई दावी सम्बन्धि तालिम प्रदान गर्ने विषयमा चासो समेत दिएको देखिदैन । व्यवसाय गर्ने क्रममा प्रदान गरिने तालिममा दावी सम्बन्धि विषयले प्रवेश मात्र पाउने गरेबाट दावी प्रकृया फितलो मात्र नभई झन्झटिलो बनाईने गरेको छ । निरन्तरको रटाईले दावी गर्ने प्रकृयाबारे जानकारी हुने र त्यसैका आधारमा बीमितलाई सुसूचित गराईने गर्दा बीमितप्रति अन्याय गरेको महसुस हुुन्छ । समय सापेक्ष भएका अद्यावधिक तथा परिमार्जन भएका तथ्यगत विषयहरुको पहुुचको अभावले पनि दावी सहज बन्न नसकिरहेको देखिन्छ ।

बजारीकरण गर्नेले व्यवसाय बढाउन जुन उद्देश्यले प्रस्तावकलाई जानकारी गराईरहेको हुुन्छ सो अनुुरुप दावी प्रकृया नभएमा बीमकले प्रतिवद्ध गरेका विषयहरु प्रति अविश्वास सिर्जना हुन जाने देखिन्छ । यसबाट बीमित र बीमक प्रति बढ्ने दूरी त छदैछ साथै बीमितले गर्ने अप्रत्यक्ष बजारीकरण नै व्यवसायको अधोगति हुने कारक देखिन्छ । यसबाट बच्न प्रत्यक्ष रुपमा बजारीकरण गर्ने अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई ३ वर्ष को अन्तरालमा आवश्यक जानकारीमूूलक तालिम समावेश गरि क्षमता विकाश गराउन सक्नु गर्दछ । यसबाट प्राप्त हुुने लाभ भनेको बीमकलाई नै हो । जसले विषयवस्तु बुझेर व्यवहारमा अबलम्बन गर्नु पर्ने प्रकृयाहरुलाई पारदर्शी ढंगबाट पस्कन सक्दछ, उसैको व्यवसायको असल बजारीकरण हुन गएको देखिन्छ ।

बीमकका प्रतिनिधिहरुले पस्किने सूचनाहरु व्यक्तिगत मात्र नभई संस्थागत रुपमा समेत मान्यता प्रदान गर्ने भएकोले सूूचनाबाट बीमालेख जारी त हुुन सक्ला तर गलत सूूचनाले त्यस्ता बीमालेखहरु छोटो समयमै समर्पण हुुने गरेको तथ्य हामीमा लुकेको छैन् । मै हू भन्ने अभिकर्ताले समेत व्यवसाय ल्याएको देखिएतापनि दावी प्रकृयाका सम्बन्धमा सहि तथा यथार्थपरक सूचना दिन वञ्चित रहि समर्पणका लागि जोडबल गर्ने तथा बीमकका प्रतिनिधि तथा कर्मचारीलाई तथानाम गाली गर्ने गरेको प्रशस्तै भेटिन्छ ।

अभिकर्ता वा कर्मचारीका रुपमा कार्य गर्ने प्रतिनिधि बीमकका लागि प्रत्यक्ष जोडिने माध्यम भएकोले निजहरुको भोगाई, सिकाई तथा सेवाग्राहीलाई विश्वस्त पार्ने क्षमतामा नै व्यवसायको भविष्य अडिएको हुन्छ । अतः उनीहरु यस विषयमा व्यवहारिक रुपमा थप स्पष्ट हुनु जरुरी देखिन्छ । अनि सोहि अनुसार जनमानस वा सम्बन्धित क्षेत्रमा जानकारी दिन सके बीमाको उचित बजारीकरण हुने तथा दावीमा सरलता, सहजता एवं मैत्रीपूूर्ण तवरले सुुसूूचित गर्ने सकिने भएकोले दावी प्रदान गर्ने माध्यम बजारीकरणको एक अभिन्न अङ्गको रुपमा उदाएको छ ।
हुुनत दावी गर्ने क्रममा भर्नुु पर्ने फारामहरुको विवरण धेरै नभएतापनि आवश्यकतानुुसार केहि कानूनी, प्रशासनिक युक्त प्रमाणित कागजातहरुको आवश्यकता पर्ने गर्दछ ।

विषयगत कुरा जानकारी नलिने, नदिने वा लिन नखोज्ने प्रवृत्तिले दावी प्रकृयालाई झन्झटिलो एवं बोझिलो बनाईरहेको हुदा कुन दावीमा कस्तो कागजात आवश्यक हुने, संलग्न गर्नुपर्ने तथ्यगत विषयहरुलाई यथार्थपरक ढंगले पेश गर्ने गरेमा सम्पूर्ण कागजात मिलेको खण्डमा १–२ घण्टा भित्र भुक्तानी लिई वहिर्गमन समेत भएको पाईएकोले दावीमा दरिलो बजारीकरण समेत भएको देखिन्छ ।

शाखाका कर्मचारीहरुमा भने दावी सम्बन्धमा धेरथोर जानकारी भएतापनि प्रकृयागत विषयमा कम जानकारी हुने गरेको प्रष्टै छ । कम क्षमतावान भएकोले दावीका प्रकृयागत चरणका कार्य प्रायः दिने गरिदैन तर कागजात लिने र सम्बन्धित निकायमा पठाईदिने कार्यले भने दावीमा उचित बजारीकरण हुने गरेको देखिदैन् । शाखाबाट प्राप्त हुुने कागजातहरुमा भने असहज हुने खालका कागजात संलग्न हुने गरेको समेत पाईनुले दक्षता अभिवृद्धि हुने खालका कृयाकलाप गरि बजारीकरण गर्न सकिने विषयमा दुईमत हुन सक्दैन् । अतः दावीका विभिन्न चरणहरु हेर्दा सरल, सहज, मैत्रीपूर्ण एवं दक्ष कर्मचारी मार्फत मात्र दावी भुक्तानी प्रकृया सम्पन्न हुने र यसैको उपजले सेवामैत्री बजारीकरण हुने हुदा दावी बजारीकरणको मूल अस्त्र मान्न सकिन्छ।

(कोईराला बीमाका जानकार हुन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS