IME Life

राजनितिक क्षेत्रमा सक्रिय नमिता एमडीआरटी देखि टप अफ द टेबलसम्म

SPIL
NIC ASIA

काठमाडौं । विराटनगरकी अभिकर्ता नमिता न्यौपाने २०२० मा रिलायन्स लाइफ ईन्स्योरेन्सबाट  एमडीआरटी बन्न सफल भइन्की थिइन् । २०२२ मा उनी टप अफ द टेबल बन्न सफल भइन् । उनले अभिकर्ता पेशा सुरु गरेको पहिलो र दोस्रो वर्षमा समेत उनको सेल्स कोड उत्कृष्ट नै रहेको नमिताको भनाई छ । नमिताको अभिकर्ता यात्रा सफल रहेको यी कुराहरुबाट प्रष्ट भएको छ ।

Prabhu
Crest

राजनीतिक क्षेत्रमा अब्बल रहेकी नमिता राजनितिज्ञसँगै व्यवसायी समेत हुन् । सामाजिकसँगै आर्थिक पाटो बलियो भएकी नमिताको अभिकर्ता यात्रा भने करिब चार वर्ष अघिदेखि सुरु भएको थियो । उनले सुरुवाती समयमा अर्कै इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गरेकी थिइन् । पछिल्लो समय भने उनी आफ्नो व्यवसाय र राजनैतिक व्यस्तताबाट बचेको समयलाई अभिकर्ताको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । नमिताले विराटनगरस्थित इडेन इन्टरनेशनल बोर्डिङ स्कुल, एन्स कलेज र ओम वेल्नेश हस्पिटल सञ्चालन गर्दै आइरहेकी छिन् । व्यवसायी नमितालाई सुरुवाती समयमा अभिकर्ता पेशामा लाग्न साथीभाइले सुझाएका थिए । तर उनी आफैलाई यो पेशा राम्रो लागेको थिएन ।

 

सामाजिक सम्बन्ध राम्रो भएको, धेरै जनासँग चिनजानमा बसेकी नमितालाई पटक पटक साथीभाईले अभिकर्ता बन्न सुझाउँदै आएका थिए । नेपाली समाजमा अझै पनि अभिकर्ता पेशालाई दलाली पेशाको रुपमा लिने गरेकाले उनलाई यो पेशामा लाग्न रत्तिभर मन थिएन । साथीभाईको सधैंको सुझावलाई चार वर्षअघि भने अलि धेरै नै वास्ता गर्न समय मिल्यो । उनले जीवन बीमा किन र केका लागि भन्ने बारेमा राम्रै अध्ययन गरिन् । यसको फाइदा बेपफाइदा सबै केलाएपछि भने उनले जसरी हुन्छ यो पेशामा लाग्ने प्रण गरिन । लगत्तै, उनले एक इन्स्योरेन्स कम्पनीबाट अभिकर्ता कोड लिएर काम सुरु गरिन् ।

छरछिमेक र समाजमा महिला राजनितिज्ञ साथै व्यवसायीको रुपमा चिनिने नमिता अभिकर्ताको रुपमा जाँदा यो पेशामा नलाग्न सुझाव दिएको उनी सम्झिन्छिन् । उक्त समय अभिकर्ता पेशालाई दुई प्रकारले हेर्ने मान्छे भेटिएको उनी बताउँछिन् । एक थरि मान्छेले समाजमा राम्रो इज्जत भएको मान्छे अभिकर्ता जस्तो दलाली पेशामा नलग्न सुझावका थिए भने, अर्का थरि मान्छेले अभिकर्ता पेशा सामाजिक अभियान भएको भन्दै लागि पर्न सल्लाह दिएको उनी सम्झिन्छिन् । उनले सबैका विचार, सल्लाह सुझावलाई सुनिन् । तर आफ्नो निर्णयबाट भने पछि हटिनन् । चार वर्षको समय अवधिमा आफू यो पेशामा लाग्दै गर्दा नकारात्मक सोच राख्ने शुभचिन्तक समेत आफूसँग बीमा गराउन आएको उनको भनाई छ ।

अभिकर्ता पेशा सुरु गर्दै गर्दा नमितालाई अल्छि लाग्थ्यो । समय छुटाएर काम गर्दै जाँदा भने उनलाई यहि पेशामा रस पस्यो । आफ्नो व्यवसायबाट बचेको समयमा उनी बीमितको घर–घर पुग्ने गर्छिन् । चार वर्षको अवधिमा उनले करिब १५ सय जनालाई बीमा पोलिसी बिक्री गरिसकेकी छिन् । हाल उनको मातहतमा करिब दुई सय अभिकर्ता काम गर्दै आइरहेका छन् । सरकारलाई १५ प्रतिशत कर तिरेर पनि अभिकर्ता पेशाबाट भएको आम्दानीबाट आफू आत्मसन्तुष्ट रहेको उनी सुनाउँछिन् ।

अभिकर्ता पेशालाई संवेदनशील पेशाको रुपमा लिन्छिन् नमिता । जो कोहीले यो पेशा गर्न नसक्ने उनको जिकिर छ । तर यो पेशामा राम्रो गर्न सक्ने हो भने नामसँगै दाम, सम्मान र पहिचान समेत प्राप्त हुने उनको अनुभव छ । यसका साथै बीमितको बीमा पोलिसि परिपक्व नभएसम्म बीमितको जिम्मा अभिकर्तालाई हुने भएकोले यो पेशाले उत्तरदायी बनाउने उनी बताउँछिन् ।

बजारमा बीमा गराए बापत दोब्बर रकम पाउने भन्ने भ्रम व्यापक रहेको छ । यसर्थ अभिकर्ताहरु यस्ता कुरामा गम्भिर हुनुपर्ने नमिताको भनाई छ । एक असल अभिकर्ताले कम्पनीको बारेमा राम्रो जानकारी राख्ने र सोही अनुरुप बीमितलाई जानकारी दिने हो भने अभिकर्ता पेशा आफैमा सम्मानित पेशा बन्ने उनको भनाई छ । धैर्यता, बोलीमा नम्रता, अनुशासन साथै कम्पनीको पोलिसी प्रोडक्टको बारेमा जानकारी राख्ने हो भने कुनै पनि अभिकर्ताले असफलता व्यहोर्न नपर्ने नम्रता बताउँछिन् । यसका अलावा आफूले कुन समयमा कति जनाको बीमा गराउने, मासिक कति प्रिमियम संकलन गर्ने भन्ने बारे योजना बनाउन आवश्यक रहेको छ । साथै बीमितको आयलाई मध्य नजर गरी बीमा पोलिसी बिक्री गराउन सक्नु नै अभिकर्ताको सफलता हुने उनको भनाई ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS