IME Life

वैकल्पिक पेशाको रुपमा अभिकर्तालाई अँगालेकी सरलाको आर्थिकसँगै सामाजिक पाटो समेत अब्बल बन्दै

SPIL
NIC ASIA

काठमाडौं । सरला आचार्यले अभिकर्ता पेशा सुरु गरेपछि पहिलो पल्ट आफ्नै श्रीमानको मामालाई बीमा गर्न सल्लाह दिएकी थिइन् । भरखरै विदेशबाट फर्किएका मामासँग धेर थोर पैसा भएकोले उनले मामासँग बीमाको प्रस्ताव गरेकी थिइन् । तर मामाले भने हुन्छ, हुन्छ भन्दै टारिरहन्थे । उनको मामाले विदेशबाट ल्याएको पैसा गाई पालनमा लगानी गरे तर बीमा गराएनन् । केही समयपछि बजारमा दूध लैजाने क्रममा उनको मामाको दुर्घटना भयो । दुर्घटना भएको केही समयपछि मामा सरलालाई खोज्दै सरलाको पार्लरमा आइपुगे र तुरुन्तै बीमा गराइहाले ।

Prabhu
Crest

यत्ति धेरै समयदेखि बीमा गराउन सुझाव दिँदा वास्ता नगरेका मामाले एक्कासी बीमा गराउन भने पछि सरला अचम्ममा परिन् । मामाले एक्कासी बीमा गराउनुको कारण भने दुर्घटना भएर अस्पताल जाँदा बीमा छ कि छैन भनेर सोधेको र बीमा भए उपचारमा सहज हुने थाहा पाएका थिए । निको हुने वित्तिकै मामा बीमा गराउन आएको सरला बताउँछिन् । सरला अभिकर्ता बनेपछि दोस्रो बीमा उनले मामाको गराएकी थिइन् । त्यसअघि उनले आफ्नो पार्लरमा आउने एक जना ग्राहकलाई आफू अभिकर्ता बनेको तर कसरी बीमा गराउने भन्ने बारे आफू चिन्तामा रहेको कुरा बताएकी थिइन् । उनको ग्राहकले आफू बीमा गर्न इच्छुक भएको कुरा सुनाएपछि सरलाले तत्कालै बीमा गराइन् ।

पार्लरमा आउने ग्राहकलाई पहिलो र दोस्रोमा श्रीमानको मामाको बीमा गराएकी सरला आचार्य करिब ६ वर्षअघि अभिकर्ता पेशा सुरु गरेकी थिइन् । त्यसअघि उनी पार्लर व्यवसायमा संलग्न थिइन् । दुई वर्षसम्म पार्लरसँगै अभिकर्ताको काम गर्दै आएकी सरला चार वर्षदेखि सशक्त रुपमा अभिकर्ता पेशामा लागेकी छिन् । उनले आफ्नो पार्लर स्टाफको जिम्मामा छाडेकी छिन् । उनको निरन्तर लगानशीलता र पेशा प्रतिको लगावकै कारण उनी एजेन्सी म्यानेजर बन्न सफल भइन् । बीमाको महत्व उनले उनकै मामाको दुर्घटनाबाट थाहा पाएकी सरलाले घरमा कम्तिमा पनि एक जनाको बीमा गर्दा परिवारकै भलाई हुने भन्दै बीमितहरुलाई बुझाउने प्रयास गरिरहिन् । सामाजिक कार्यमा समेत सक्रिय रहेकी सरलाको लागि अभिकर्ता पेशा थप सेवा गर्ने उपयुक्त क्षेत्र साबित भएको छ ।

अभिकर्तासँगै सामाजिक संघ संस्थामा सशक्त सरला

कास्की जिल्ला पोखरा, ट्याक्सी चोक वडा नं १ स्थित संयुक्त परिवारकी बुहारी सरला, अभिकर्ता पेशासँगै विभिन्न संघ संस्थामा समेत सक्रिय छिन् । उनी व्युटिसियन पेशामा लागेकीले उनले राष्ट्रिय सौन्दर्य युनियन अन्तर्गत वडा इकाइको अध्यक्षको रुपमा समेत काम गरिन् । यसका साथै उनी आमा समुहको अध्यक्ष छिन् । यसका साथै राष्ट्रिय परोपकार महासंघमा अध्यक्षको रुपम रहेकी छिन् भने टोल विकास संस्थामा सचिवको भूमिका निर्वाह गर्दै आएकी छिन् । संयुक्त परिवारमा बस्दै आएकी सरला श्रीमानको साथ सपोर्ट र परिवारकै कारण आफूले यति धेरै सफलता हाँसिल गरेको सुनाउँछिन् । सामाजिक क्षेत्रमा भिजेकै कारण अभिकर्ता पेशामा समेत उल्लेख्य सफता प्राप्त भएको उनको भनाई छ ।

सामाजिक संघसंस्थामा सशक्त भएकोले नै सरलालाई अभिकर्ता बन्न प्रस्ताव आएको उनी सुनाउँछिन् । सूर्या लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्दै गर्दा समाजले दलाली पेशाको संज्ञा दिएको पेशामा लाग्न डर लागेको उनी सुनाउँछिन् । पटक पटक सूर्या लाइफबाट फोन आउँदा कति पटक त उनले फोन नै नउठाएको उनको भनाई छ । उनले आफ्नो श्रीमानसँग सबै कुरा खोलेपछि भने श्रीमानले नै यो पेशामा लाग्न प्रेरित गरेको उनी बताउछिन् ।

अभिकर्ता पेशामा लागेको ६ वर्षको समय अवधिमा सरलाले पाँच सय जनाको बीमा गराइसकेकी छिन् । उनले बार्षिक १० लाखसम्म बीमा प्रिमियम संकलन गर्दै आएकी छिन् । करिब एक सय जनाको नेतृत्व गर्दै आएकी उनले मासिक एक लाख सम्मको कमाई हुने उनी सुनाउँछिन् । यो पेशाबाट आफूले आत्म सम्मानसँगै आत्म सन्तुष्टि पाएकोमा खुशी व्यक्त गर्छिन् उनी । यससँगै उनी हाल सूर्या लाइफ इन्स्योरेन्स अभिकर्ता संघ पोखराको सचिव समेत छिन् । उनले यो संघको माध्यमबाट महिला स्वरोजगार सम्बन्धि ३३ वटा वडामा कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् ।

सरलाको अनुभवमा अन्य व्यवसायसँगै अभिकर्ता पेशा पनि गर्न सकिन्छ । विशेषता महिलाहरुले यो पेशा अंगालेमा दैनिक थोरै समय दिएपनि आर्थिक रुपमा सक्षम बन्न सकिने उनी बताउँछिन् । मिठो बोलीसँगै वास्तविक कुरा बुझाउन सकिने हो भने यो पेशामा कुनै समस्या नहुने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS