IME Life

नेपाल टप बनेका रेशम लगातार चार वर्षदेखि एमडीआरटी, वार्षिक ४० लाख प्रिमियम संकलन

SPIL
NIC ASIA

काठमाडौं । पोखराका रेशम गौतम बीमा अभिकर्ता पेशामा संलग्न भएको चार वर्ष वित्यो । यस अवधिमा उनले धेरै सफलता हाँसिल गरिसकेका छन् । २५ वर्षिय गौतमले छोटो समयमै युनियन लाइफ इन्स्योरेन्सबाट लगातार चार वर्ष एमडीआरटी र एक वर्ष नेपाल टप गरिसकेका छन् । उनको यो सफलता भने उनको अथक परिश्रम र लगनशीलताका कारण हाँसिल भएको उनी बताउँछन् ।

Prabhu
Crest

 

पर्यटकीय नगरी पोखराको आकाशमा उड्ने रेशम गौतमलाई अभिकर्ता पेशामा लाग्छु भन्ने कहिल्यै लागेको थिएन । सात वर्षदेखि उनी पर्यटकीय क्षेत्रमा लागेका थिए । उनले आफ्नै बलबुतोमा बुद्ध प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्दै आएका थिए । आकाशमा उड्दै पर्यटकलाई पोखरा देखाउने काममा तल्लीन उनले अभिकर्ता पेशा बारे बुझेपछि विगत चारदेखि यहि पेशामा सक्रिय छन् । उनको मिहिनेत र कामप्रतिको लगावका कारण युनियन लाइफमा छिरेदेखि पछाडी फर्केर हेर्न नपरेको उनको भनाई । अभिकर्ता पेशा सुरु गरेदेखि उनले प्रस्ताव गरेका व्यक्तिबाट नाइनास्ती नभएको उनी बताउँछन् । बीमाबारे खुलेर जानकारी दिँदै गर्दा उनी प्रति सकारात्मक हुने भएकोले यो पेशामा सफल भएको उनको भनाई छ ।

रेशमले २०७४ सालमा ७५ लाख बराबरको बीमा गराई अभिकर्ता पेशामा संलग्न भएका थिए । आफ्नै कम्पनी बुद्ध प्याराग्लाइडिङमा कार्यरत ६ जना स्टाफको बीमा गराएका थिए उनले । आकाशमा उड्ने स्टाफको जीवनमा आइपर्ने भवितव्यलाई मध्यनजर गर्दै बीमा गराउन अग्रसर गराएको उनले बताए । अभिकर्ता बनेको वर्षमै उनी एमडीआरटी बन्न सफल भएका थिए । सोही वर्षदेखि लगातार चार  वर्ष एमडीआरटी बन्दै आएको उनले बताए । गत वर्ष भने युनियन लाइफको देशभरका अभिकर्तामध्ये सबैभन्दा उत्कृष्ट बन्न सफल भएका थिए । हाल उनले १०१ जनाको टिम सम्हाल्दै आएका छन् । उनको काम गर्ने क्षेत्र भने कास्की जिल्लाको पोखरा नै मुख्य केन्द्र विन्दु हो ।

इच्छा शक्ति भए जे पनि सफल हुन्छ भन्ने कुराको राम्रो उदाहरण बनेका छन् पोखराका रेशम । कम्पनीमा उनीसँगै काम गर्ने केही सहकर्मीले पोखरामा मात्रै सिमित रहेर नेपाल टप बन्न नसकिने कुरा बारम्बार गर्दै आएका थिए । सहकर्मीको कुराले मन छोएपछि पोखराबाटै नेपाल टप बन्ने उनको दृढताले अन्तत पूर्णता पायो । नेपाल टपसँगै सानो उमेरमै राम्रो धन आर्जन गर्न सफल बनेको अभिकर्ता पेशाप्रति आफू सन्तुष्ट रहेको उनले बताए । सात वर्षदेखि पर्यटन क्षेत्रमा लागेका उनले उक्त सात वर्षमा गर्ने आर्जन अभिकर्ता पेशामा लागेको एकै वर्षमा आर्जन गर्न सफल भएको उनी बताउँछन् । तसर्थ हरेक कोणबाट अभिकर्ता पेशा एकदमै सन्तुष्टिको पेशा रहेको उनले बताए ।

रेशमले हालसम्म करिब दुई सय जनाको बीमा गराइसकेका छन् । उनले बार्षिक ४० लाख बराबरको प्रिमियम संकलन गर्दै आएका छन् । जसकारण उनी प्रत्येक वर्ष एमडीआरटी बन्दै आएका छन् । अझै दश वर्ष एमडीआरटी बन्ने संकल्पका साथ अभिकर्ता पेशालाई निरन्तरता दिँदै आएको उनी बताउँछन् । उनलाई अभिकर्ता पेशाले देश तथा विदेशको भ्रमण गर्ने अवसर समेत प्रदान गरेको छ । उनले हालसम्म मलेसिया, थाइल्याण्ड साथै अष्ट्रेलियाको भ्रमण गरिसकेका छन् ।

नेपाली समाजमा अभिकर्ता पेशालाई अझै पनि नकारात्मक रुपमा लिने गरेको रेशम बताउँछन् । कमिसन पाउनकै लागि घरघर पुग्ने, ठगी पेशा, विचौलिया जस्ता उपनाम दिने गरेको उनको भनाई छ । तर एक सक्षम अभिकर्ताले बीमा र बीमाले दिने सुरक्षाको बारेमा राम्रोसँग जानकारी गराउने हो भने कुनै पनि व्यक्ति बीमा गराउन पछि नहट्ने उनको ठहर छ ।

रेशमको अनुभवमा एक असल अभिकर्ता हुनका लागि ज्ञान हुनु नितान्त आवश्यक छ । बीमितले प्रश्न गर्दै गर्दा निश्फिक्री बोल्न सक्नुपर्ने उनको भनाई छ । बीमा गराई सकेपछि बेला बखत बीमितसँग सम्पर्कमा आउने, बीमितलाई समय दिने जस्ता कार्य अन्यन्त आवश्यक रहेको रेशमको अनुभव छ । आफूले काम गर्ने कम्पनीको अलावा अन्य कम्पनीको बारेमा समेत जानकारी राख्नुपर्ने रेशम बताउँछन् । अन्य कम्पनीले बजारमा बितरण गर्ने पोलिसि, बजारमा कस्ता खाले माग भइरहेको छ भन्ने बारे जानकार हुन सकेमा आफूसँगै कम्पनीलाई समेत अगाडी बढाउन सफल हुने उनको भनाई छ । अध्ययनको पाटो बलियो भएकै कारण २५ वषकै उमेरमा आफू सफल भएको उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS