IME Life

आजदेखि ‘रु १’ दरको नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषता

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ‘रु १’ दरका नयाँ सिक्का प्रचलनमा ल्याएको छ । बैंकले साविककै आधार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याएको हो ।

सिक्काको अग्र भागमा वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थप्लाहरु रहेका छन् । सौसठ्ठी थोप्लाहरुको बृत्ताकार घेराभित्र हिमाल पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ । नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका ‘दृष्टिविहीन’हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ ।

Prabhu
Crest

सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको छ । आठ थोप्ला सहितको बृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्य, गदा तथा विचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS