IME Life

निर्जीवन बीमा कम्पनीमा पोलिसी खोसाखोस, कुल बीमालेख संख्यामा गिरावट आउदा नविकरणको हिस्सा २२ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु विचमा चर्को अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । कम्पनीहरुको कुल बीमालेख संख्यामा गिरावट आउदा उनिहरुले २२ प्रतिशत पोलिसीलाई मात्रै नविकरण गर्न सकेका छन् । यो भनेको बजारमा नयाँ पोलिसी आउन सकेको छैन साथै भइरहेको पोलिसीलाई पनि टिकाउन गाह्रो पर्न थालेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ९४ हजार ८८३ वटा पोलिसी जारी गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख १९ हजार ४९८ वटा पोलिसी जारी गरेका थिए ।

Prabhu
Crest

गत वर्षको भन्दा १.७३ प्रतिशतले पोलिसी संख्या घटेको छ । अर्को तर्फ निर्जीवन बीमा कम्पनीहरुको नविकरण गरिएको बीमालेख संख्या भने १५.८२ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले जारी गरेको कुल बीमालेख संख्याको २२ प्रतिशत हिस्सा नविकरण बीमालेखको छ । यो भनेको कुन बीमालेख संख्यामा गिरावट आउदा २२ प्रतिशत व्यवसाय मात्रै नविकरण भएको हो । गत वर्ष नविकरण बीमालेखको हिस्सा १८ प्रतिशत मात्रै थियो ।

कोभिड १९ का कारण नयाँ व्यापार व्यवसाय तथा कम्पनीहरुको स्थापना हुन सकेको छैन । नेपालमा बाध्यात्मक बीमा बाहेक स्वच्छिक अझ जोखिम बहन गर्ने उद्देश्यले बीमा कमै हुन्छ । सरकारले अनिवार्य गरेको मोटर बीमा, घर कर्जा लिदा बैंकले अनिवार्य गरेको घर बीमा, ठेकेदार तथा निर्माण आयोजनाका लागि अनिवार्य गरिएको बीमाले लगभग बीमा व्यवसाय टिकेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले एक लाख ३१ हजार ६६९ वटा पोलिसी जारी गर्दा नविकरण भएको बीमालेखको संख्या ३६ हजार २३७ वटा छ । त्यस्तै नेको इन्स्योरेन्सले एक लाख ६५ हजार २५६ वटा पोलिसी जारी गर्दा नविकरण बीमालेखको संख्या ३७ हजार ५०२ वटा छ । यहाँ शिखरले २६ हजार र नेकोले ३७ हजार वटा पोलिसी नविकरण गरेता पनि बाँकी पोलिसी केहि नयाँ र केहि अन्य कम्पनीबाट तानेको छ । समग्रमा नयाँ पोलिसी संख्या घट्नुले भइरहेको पोलिसीलाई नै बीमा कम्पनीहरुले तानातान गर्नु पर्ने बाध्यता छ । यहा केहि पोलिसी परिपक्व भएर नविकरण नै नभएको हुन सक्छ अन्यथा बाँकी पोलिसी एउटा कम्पनीमा नविकरण नभए पनि अन्य कम्पनीमा गएर खरिद भएको हुन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS