IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि पछि घटेको लाभांशदर यस वर्षदेखि बढ्न थाल्यो, कुन कम्पनीको क्षमता कति ?   

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि पछि घटेको लाभांशदर यस वर्षदेखि बढ्न थालेको छ । दोस्रो बजारमा सूचिकृत निर्जीवन बीमा कम्पनीहरु मध्ये अहिलेसम्म ५ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका कम्पनीहरुलाई हेर्दा अघिल्लो वर्षको वर्षको भन्दा बढेको देखिन्छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्ष ११ प्रतिशत दिएकोमा यस वर्ष १५ प्रतिशत दिएको छ । नेको इन्स्योरेन्स कम्पनीले केहि कम देखिए पनि १५ प्रतिशत बोनश शेयर दिने भएको छ । एनएलजीले गत वर्षकै जति लाभांश दिने भएको छ । प्रभुले भने एक प्रतिशतले बोनश शेयर बढाएको छ । हिमालयन इन्स्योरेन्सले भने थोरैले बढाएको छ । गत वर्ष नगद लाभांशमा जोड दिएका कम्पनीले यस वर्ष बोनश शेयर सहित लाभांश बढाइरहेका छन् ।

Prabhu
Crest

लाभांश घोषणा गरेको हिमालयन जनरलले अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १३ रुपैयाँ थियो । तर कम्पनीले ७ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।

युनाइटेड इन्स्योरेन्स 

युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ पछिको मुनाफाबाट लाभांश दिएको छैन । गत वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण अनुसार जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ छ । मुनाफाको आधारमा प्रतिशयर आम्दानी भने ७ रुपैयाँ छ । यदि जगेडाकोषलाई प्रयोग गर्यो भने कम्पनीले ५ देखि ८ प्रतिशतसम्म बोनश शेयर दिन सक्ने देखिन्छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी

गत वर्षको मुनाफा अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी

सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ छ । गएका वर्षमा कम्पनीले जगेडा कोषलाई प्राथमिकता दिदै आएको थियो । एक अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सगरमाथाको जगेडा कोषमा ४८ करोड रुपैयाँ छ । यदि कम्पनीले यस वर्ष पूँजी बढाउन चह्यो भने राम्रो बोनश शेयर दिन सक्छ । सगरमाथाकै प्रतिस्पर्धी अन्य कम्पनीको पूँजी धेरै भएकाले पनि यस वर्ष कम्पनीले राम्रो बोनश शेयर दिन सक्ने देखिन्छ ।

नेपाल इन्स्योरेन्स कम्पनी

अघिल्लो वर्ष १० प्रतिशत लाभांश दिएको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ रहेको छ । एक अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड रुपैयाँ रहेको छ ।

आइएमई जनरल

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ । चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीले ७ प्रतिशत बोनश शेयर दिएको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ८७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीले ८ प्रतिशत बोनश शेयर दिएको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ । चुक्ता पूँजी एक अर्ब १९ करोड रुपैयाँ रहेको लुम्बिनीको जगेडा कोषमा २३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले १० प्रतिशत लाभांश दिएको थियो ।

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ । चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड २७ लाख रुपैयाँ रहेको छ । गत वर्ष २९.२३ लाभांश दिएको थियो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले १५.७८ प्रतिशत लाभांश दिएको थियो ।

जनरल इन्स्योरेन्स कम्पनी

नयाँ तीन वटा निर्जीवन बीमा कम्पनी मध्ये दुई वटाले गत वर्षको मुनाफाबाट लाभांश दिएनन् । जनरलले पनि यस वर्ष लाभांश दिन सम्भावना कम छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ छ । चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ मात्रै छ ।

राष्ट्रिय बीमा कम्पनी

कम्पनीले आर्थिक वर्ष २०६२/६३ पछि लाभांश दिएको छैन । कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा भने तीन अर्ब १४ करोड रुपैयाँ रहेको छ । कम्पनीको अझै २०६८/६९ देखिको साधारणसभा गर्न बाँकी छ । बीमा समितिले अहिलेसम्मको लेखापरीक्षण प्रतिवेदन तयार पारे पछि मात्रै लाभांश दिन निर्देशन दिदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS