IME Life
Beema Board

बैदेशिक रोजगार बीमा पुलमा विवाद देखिए पछि निर्देशिका आउदै, दायित्व बाँडफाँड मोडालिटी नै परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले बैदेशिक रोजगार बीमा पुलमा विवाद आए पछि निर्देशिकाको मस्यौदा तयार पारेको छ । पुलको विषयलाई लिएर सन नेपाल लाइफले विवाद झिके पछि समितिले यसलाई कानुनी आधार प्रदान गरेको हो ।

बैदेशिक रोजगार बीमा लेखमा चरम विकृति भए पछि बीमा समिति र बीमा कम्पनीहरु विचतमा भद्र सहिमति पश्चात पुल निर्माण गरिएको थियो । तर यो पुललाई स्पष्ट रुपमा कानुनी आधार दिइएको थिएन । कानुनी आधार विनानै पुल सञ्चालन भएको भन्दै सन नेपाल लाइफले विवाद झिके पछि बीमा समितिले निर्देशिका बनाउने तयारी गरेको हो ।

Prabhu
Crest

सन नेपालले पुल नै खारेज गर्नु पर्ने भन्दै आन्तरिक रुपमा समितिलाई दवाव दिए पछि अन्य कम्पनीहरुले विरोध गरेका थिए । पछिल्लो समय बैदेशिक रोजगार बीमालेखको अधिकाम्स व्यवसाय आफैले गरेको भन्दै कम्पनीले संकलन गरेको ३० करोड रुपैयाँ भन्दा धेरै रकम पुलमा हाल्न मानिरहेको छैन । यसरी कम्पनी विचमा आएर झगडिया भए पछि समितिले निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

उक्त मस्यौदामा जीवन बीमक संघले दायित्व बाँडफाँडको विषयमा बुझाएको सहमति उल्टाउदै व्यापक परिवर्तन गरिएको छ । जीवन बीमक संघले २०७९ साउन पछि सम्पुर्ण कम्पनीहरुको आम्दानी तथा दायित्वमा समान हिस्सा रहने भन्दै सहमति भएको थियो । जसमा एउटा कम्पनीको भागमा ५.८८२ प्रतिशत हिस्सा हुने गरि सहमित भएको थियो ।

अहिलेको विवाद समाधान गर्न बाँडफाँड मोडालिटी परिवर्तन गरिएको र भोलिका दिनमा निर्देशिका मार्फत दिर्घकालिन समाधान गरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिलेको बाँडफाँड मोडालिटी तत्काल कार्यान्वयनमा ल्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिइएको उनले जानकारी दिए ।

समितिले दिएको निर्देशन अनुसार पुल अपरेटरले सिधै १५ प्रतिशत हिस्सा पाउने उल्लेख छ । त्यस्तै साविकमा नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत जोखिम तथा दायित्व बहन गर्ने गरि हिस्सा निर्धारण गरिएको व्यवस्थालाई निरन्तरता दिइएको छ । यसका साथै अपरेटरले सञ्चालन खर्चका लागि ५ प्रतिशत व्यवसाय सलामी स्वरुप पाउने व्यवस्थालाई पनि निरन्तरता दिइएको छ ।

यसरी नेपाल पुनर्बीमा, पुल अपरेटर, व्यवस्थापन खर्च लगायतलाई ४० प्रतिशत छुट्टाए पछि बाँकी रहेको ६० प्रतिशत अन्य कम्पनीलाई समान रुपमा भाग लगाउने व्यवस्था थप गरिएको हो । यस पुलमा दुई विदेशी बीमा कम्पनी मेट लाइफ र एलआईसी नेपाल जोडिन मानेका छैनन् । यस आधारमा बाँकी १३ कम्पनीहरु प्रत्येकले ४.६१ प्रतिशत व्यवसाय प्राप्त गर्ने भएका छन् । पुल अपरेटर कम्पनीले अव सिधै २० प्रतिशत व्यवसाय पाउने भएका छन् । यस आधारमा प्रत्येकले ५ प्रतिशत व्यवसाय पाउछन् ।

अहिले अपरेटरको भुमिकामा रहेका चार कम्पनीको अवधि यहि आर्थिक वर्षदेखि समाप्त हुनेछ । आगामी आर्थिक वर्षदेखि तय हुने अपरेटरहरु गोला प्रथाबाट चयन हुने व्यवस्था गरिएको छ । यसरी चयन गर्दा एक पटक अपरेटर भइसकेकाहरुले उक्त गोलाप्रथामा भाग लिन पाउदैनन् ।

वैदेशिक रोजगार बीमालेखमा बीमा कम्पनीहरुलाई खासै राम्रो मुनाफा छैन् । सस्तो प्रिमियममा व्यवसाय लिइएको हुनाले यसमा जोखिम पनि उत्तीकै छ । यदि वैदेशिक रोजगारमा गएका नेपालीहरुमा ठुलो क्षति भयो भने कम्पनीहरुले अर्बौ रुपैयाँ दायित्व बहन गर्नु पर्छ । तर वैदेशिक रोजगार बीमालेखबाट आर्जन भएको प्रिमियमलाई देखाएर कम्पनीले आफ्नो ग्रेड बढाउने बाहेक यसमा खासै फाइदा नभएको जानकारहरु बताउछन् ।

बैदेशिक रोजगार जीवन बीमा पुल व्यवस्थापक सन नेपाल लाइफ बन्यो झगडिया, पुल नमान्ने !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS