Connect IPS
IME Life

सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी २ अर्ब ५५ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश सहित जम्मा १३.३६८५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिले स्वीकृत दिए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १२.७० प्रतिशत अर्थात २८ करोड ७३ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको एक्चुरियल मूल्याङ्कन बीमा समितिबाट स्वीकृत भइसकेको छ । उक्त मूल्याङ्कन स्वीकृत भए सँगै कम्पनीले बीमितले पाउने बोनशदर पनि घोषणा गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS