IME Life
Beema Board

गढवा गाउँपालिकामा बीमा समिति, स्थानीयलाई बीमा सम्बन्धी जानकारी शुन्य

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले दाङ जिल्लाको गढवा गाउँपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा स्थानीय व्यापारी, व्यवसायी, कृषक लगायत ९० जना भन्दा धेरैको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रमको सञ्चालन उपनिर्देशक कुन्दन सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य समितिकै सुन्दर प्रसाद शर्माले दिएका थिए । ग्रामिण क्षेत्र भएकाले गाउँपालिका उपाध्यक्ष चौधरी सहित सहभागीहरुले बीमा सम्बन्धी साधारण जानकारीको लागि अनुरोध गरेका थिए । अधिकाम्स सहभागीहरुलाई बीमाको सामान्य जानकारी पनि नभएको पाइएको निर्देशक सुवेदीले जानकारी दिए ।

सहभागीहरुले जीवन बीमा भनेको के हो, निर्जीवन बीमा भनेको के हो, बीमा कसरी गर्ने, जीवन तथा निर्जीवन बीमा गर्दा के फाइदा हुन्छ जस्ता सामान्य प्रश्न गरेका थिए । बीमा समितिका निर्देशक सुवेदीले बीमा सम्बन्धी जानकारी मुलक प्रस्तुती दिए पछि उनिहरुले सुवेदी सँग बीमाका सामान्य भन्दा सामान्य प्रश्न गरेका थिए ।

बीमामा दाबी कसरी गर्ने, को मार्फत गर्ने जस्ता सामान्य प्रकृयाँको कुरा समेत सोधिएकोले यस क्षेत्रमा बीमा सम्बन्धी चेतना सून्य भएको पाइएको छ । सहभागीहरुले धेरै भन्दा धेरै प्रश्न गरे पछि गाउपालिका उपाध्यक्ष चौधरीले बीमा समितिले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकी छिन् । उनले भोलिका दिनमा बीमा सम्बन्धी जानकारी दिदा समितिले सहयोग गर्नु पर्ने भन्दै अनुरोध गरेकी छिन् ।

बीमा समितिले सम्पत्ती बीमालाई गाउँपालिको सेवा सुविधा सँग टाइअप गर्न अनुरोध गरेको थियो । तर गाउँपालिका उपाध्यक्ष चौधरीले यस विषयमा आफ्नो गाउँपालिकामा छलफल गरेर मात्रै अगाडी बढ्ने उल्लेख गरेकी थिइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS