IME Life
Beema Board

शिवम सिमेन्टको २९ प्रतिशत नगद लाभांश घोषणा, डाक्यो कार्तिक १६ गते साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । शिवम सिमेन्टले २९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । असोज २२ गते बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको हो । कम्पनीले कार्तिक १६ गते छैठौ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा सोल्टी होटलमा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवदेन उपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । सोही सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदन समेत पारिने गर्ने सामान्य प्रस्ताव छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । उक्त सभाले प्रस्तावित लाभांश पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

साधारणसभा प्रयोजनका लागि कार्तिक ८ गते एक दिन बुक क्लोज हुनेछ । कार्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । कोभिड १९ को महामारीको समयमा पनि शिवमले राम्रो लाभांश दिने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS