IME Life

दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर

SPIL
NIC ASIA

काठमाडौं । दशैंको पुर्व सन्ध्यामा बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको जागिर फेर्ने लहर बढेको छ । केहि दिनदेखि जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले राजिनामा दिने र अन्य कम्पनीमा आवद्ध हुने क्रम बढेको हो ।

गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । कम्पनीले आफ्नो कार्यकाल सकिनु भन्दा दुई महिना अगाडी नै अर्को सिइओको तयारी गरेको भेउ पाए पछि राजिनामा दिएका हुन् ।

Prabhu
Crest

स्रोतका अनुसार गुराँस लाइफले एलआईसी नेपालका दुई कर्मचारीलाई गुराँसको उच्च व्यवस्थापन तहमा लैजादै छ । कम्पनीले एलआईसी नेपालका बाग्मति प्रदेश प्रमुख स्मृति राज कंडेललाई डिसिइओमा भित्र्याइसकेको छ । एक महिनाको कुलिङ पिरियण लागु हुने भएकाले उनको नियुक्तिलाई सार्वजनिक गरिएको छैन ।  त्यस्तै बजार हल्ला अनुसार गुराँसले एलआईसीका जनकपुर प्रदेश प्रमुख विपिन कुमार लाललाई प्रमुख कार्यकारी अधिकृत बनाउने कुराहरु बाहिरिएका छन् । तर अहिलेसम्म कुनै पनि आधिकारिक सूचना प्राप्त भएको छैन ।

नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद विगत दुई महिनादेखि खालि छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएर राखेको छ । बजार हल्ला अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विके महर्जनलाई नेपाल इन्स्योरेन्सले सिइओ बनाउन खोजेको छ । महर्जनले प्रुडेन्सियलमा राजिनामा दिइसकेका छन् । उनले नेपाल इन्स्योरेन्समा जानैका लागि कार्यकाल सकिनु अगावै राजिनामा दिएका हुन् ।

विके महर्जनले राजिनामा दिए सँगै प्रुडेन्सियल व्यवस्थापनले सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ एसके रावललाई सिइओ बनाउन खोजेको छ । एसके रावलले सगरमाथामा राजिनामा दिइसकेका छन तर राजीनामा स्वीकृत भएको छैन । यस्तै चर्चा अन्य कम्पनीहरुमा पनि सुनिन थालेको छ ।

दशै बोनश खाएर जागिर छोड्ने क्रम बढेको हो । जागिर परिवर्तन गर्न चाहनेले यहि समयलाई अधिकतम प्रयोग गर्ने गरेको पाइन्छ । यस्तै चहलपहल बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिने गरेको छ । बैंक वित्तीय संस्था छाडेर बीमामा आउने र बीमा क्षेत्र छाडेर बैंकिङ क्षेत्रमा प्रवेश गर्ने गरेको पनि पाइन्छ ।

प्रुडेन्सियल र गुराँसले चलेका सिइओलाई तान्ने भन्दा पनि अन्य कम्पनीको उच्च व्यवस्थापन तहबाट तानेर ल्याउन थालेको छ । गुराँसले यस भन्दा अगाडी पनि अन्य कम्पनीबाट ल्याएर आफ्नैमा बढुवा गर्दै प्रमुख कार्यकारी अधिकृत बनाउने गरेको पाइन्छ । साना र कमजोर कम्पनीहरुले सिइओको तलब तथा व्यवस्थापन खर्च घटाउन यस्तो रणनीति बनाउने गरेको पाइन्छ । बजारमा नाम चलेका प्रमुख कार्यकारी अधिकृतहरु महंगा हुने भएकाले उनिहरुले डेपुटी सिइओ तथा त्यो भन्दा पनि तल्लो तहका कर्मचारीहरुलाई ल्याउने गरेका हुन् ।

बीमा समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई ६ महिना कुलिङ पिरियड तोकेको छ । त्यस्तै अन्य कर्मचारीहरुलाई समेत एक महिना कुलिङ पिरियड तोकिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाले कुलिङ पिरियडको व्यवस्था गरे पनि कतिपय कम्पनीहरुले पद घटाएर नियुक्ति गर्ने र नियम अनुसार कुलिङ पिरियड पुरा भए पछि बढुवा गर्नेसम्मका हर्कत भएको पाइन्छ । त्यस्तै कतिपय कम्पनीहरुले कुलिङ पिरियडको नियम मान्न कागजी रुपमा नियुक्ति नदिने तर काम भने गराउने गरेको पाइन्छ । यस अवधिमा विभिन्न माध्यमबाट सेवा सुविधा उपलब्ध गराउनेसम्मका हर्कत हुने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS