IME Life
Beema Board

नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

SPIL
NIC ASIA

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा भने १.८ प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ । कोभिड १९ का कारण खस्किएको अर्थतन्त्रमा रिकभरी चलिरहेको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
Crest

खोप लगाउने क्रम बढे सँगै अर्थतन्त्र विस्तारै चलायमान भइरहेको विश्व बैंकले जनाएको छ । नेपाल सँगै दक्षिण एशियाली राष्ट्रकै अर्थतन्त्रमा रिकभरी जारी रहेको तर सबै देशमा समान नभएको विश्व बैंकले उल्लेख गरेको छ ।

रिकभरी जारी रहे पनि कुनै पनि देश विश्वव्यापी महामारी भन्दा पुर्ववत अवस्थामा पुग्न सकेका छैनन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । त्यस्तै भारतको ७.५ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । दक्षिण एशियाली राष्ट्रहरु मध्ये सबैभन्दा कम पाकिस्तानको ३.४ प्रतिशत हुने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS