IME Life

नेपाल पुनर्बीमाको १९ प्रतिशत लाभांश समितिबाट स्वीकृत, साधारणसभा गर्ने बाटो खुल्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन पनि स्वीकृत गरेको छ । लेखापरीक्षण प्रतिवदेन स्वीकृत भए सँगै साधारणसभा गर्ने बाटो खुला भएको हो। कम्पनीले केहि दिन भित्रै साधारणसभाको मिति तथा एजेण्डाहरु सार्वजनिक गर्नेछ ।

समितिले कम्पनीको वित्तीय विवरणमा  केहि कैफियत भेटाए पछि लेखापरीक्षण प्रतिवदेन स्वीकृत हुन समय लागेको हो । यसै क्रममा कम्पनीले एक प्रतिशत नगद लाभांश पनि घटाउनु परेको थियो । नगद लाभांश घटाउनु परे पनि बोनश शेयरलाई भने यथावत राखिएको छ ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन

कम्पनीले यस साधारणसभामा पूँजी बृद्धिको योजना ल्याउने चर्चा पनि चलिरहेको छ । तर अहलेसम्म यस विषयमा कुनै पनि ठोस निर्णय बाहिरिएको छैन । नेपाल पुनर्बीमामा सरकारको ठुलो हिस्सा रहेको हुँदा सरकारले पूँजी बढाउन मानिरहेको छैन ।

नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

बीमा समितिले नेपाल सरकारलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमाको शेयर बिक्री गर्न सुझाव दिदै आएको छ । यदि समितिले दिएको सुझाव अनुसार नेपाल सरकारले नेपाल पुनर्बीमाको शेयर बिक्री गर्यो भने कम्पनीले पूँजी बढाउने सम्भावना उच्च रहन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS