IME Life
Beema Board

व्यक्तिगत दुर्घटना बीमा के हो ? कसरी गर्ने ?

SPIL
NIC ASIA

काठमाण्डौं । कुनै बीमित दुर्घटनामा परेर घाइते भएको वा मृत्यु भएको अवस्थामा क्षतिपूर्ती उपलब्ध गराउने सुविधा भएको बीमा योजना “व्यक्तिगत दुर्घटना बीमा योजना” हो ।
धेरै कर्मचारीहरु कार्यरत उद्योग, व्यवसायको साथै कुनै पनि संघसंस्थाहरुले सामूहिक दुर्घटना बीमाबाट आफ्नो सबै मजदुर, कर्मचारीको सामूहिक दुर्घटना बीमा गराउन सक्ने सुविधा समेत उपलब्ध छ । यो बीमाले दुर्घटनामा परेर शरीरमा बाहिरी चोटपटक लागेर घाइते भएको वा मृत्यु भएको अवस्थामा जोखिम बहन गर्छ ।

कसरी र कहाँ गर्ने ?
निर्जीवन बीमा कम्पनीहरुमा अत्यन्तै न्यून बीमाशुल्कमा निर्जीवन बीमा सुविधा उपलब्ध छ । निर्जीवन बीमा कम्पनीको जुनसुकै शाखा कार्यालयमा गएर आवेदन फारम र बीमाशुल्क तिरेपछि तत्कालै दुर्घटना बीमालेख खरिद गर्न सकिन्छ । व्यक्तिगतरुपमा दुर्घटना बीमा गर्नको लागी नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो अनिवार्य आवश्यक हुन्छ । रोजगारदाताले दिएको परिचय पत्र वा नियुक्त पत्र, आफूले संलग्न पेशा,व्यवासयको कामको जोखिमको प्रकृति खुल्ने थप प्रमाण समेत बीमा कम्पनीले माग गर्न सक्छ ।

Prabhu
Crest

कसको लागी उपयुक्त छ यो बीमाः
दुर्घटना बीमा नियमितरुपमा यात्रामा हिंड्ने, जागिरे, जोखिमपूर्ण पेशा व्यवसायमा संलग्न व्यक्ति, संगठित संस्थामा कार्यरत मजदुर, कर्मचारीको लागी यो बीमा योजना उपयुक्त छ । यस बीमा योजनामा अत्यन्तै न्यून बीमाशुल्क(रु.१००) देखि नै बीमा उपलब्ध भएकोले न्यून आय श्रोत भएको व्यक्तिको लागि समेत ज्यादै उपयोगी छ ।

यो बीमा योजना अन्तर्गत समोवश सुविधाहरुः
मृत्युः दुर्घटनामा परेर घटना स्थलमै मृत्यु भएको वा उपचारको क्रममा
स्थायी पूर्ण अपाङ्गताःदुर्घटनामा परेको कारण अंगभंग भएर बीमित आफ्नो पेशा,व्यवसाय वा जागिर गर्न असमर्थ हुन जस्तै नाडी भन्दा माथि दुबै हत्केला काटिनु, गोलीगाँठो भन्दा तल दुईवटै खुट्टा काटिनु, दुबै आँखाको दृष्टी गुमाउनु, स्थायी पक्षघात हुनु ।

स्थायी आंशिक अपाङ्गताः दुर्घटनामा परेको कारणले आंशिक अपाङ्गता भएर बीमितले सामान्यरुपमा आफ्नो पेशा,व्यवसाय वा जागिर गर्न नसक्ने अवस्था । उदाहरणको लागीः एउटा हात वा हत्केला गुमाउनु,एउटा खुट्टा गुमाउनु, एउटा कान नसुन्नु ।

 अस्थायी पूर्ण अपाङ्गताः दुर्घटनामा परेका कारणले अस्थायी अवधिको लागी तर पूर्णरुपमा अपाङ्गता भएको कारणले बीमितले आफ्नो पेशा, व्यवसाय गर्न नसक्ने अवस्था ।

उपचार खर्चः बीमालेखमा समेटिएको जोखिमको कारण बाहिरी चोटपटक लागेर घाइते भएको अवस्थामा उपचार खर्चको सुविधा उपलब्ध हुनेछ ।

दुर्घटना बीमा अन्तर्गत भुक्तानी दिइने रकमः
मृत्युः मृत्यु भएको अवस्थामा पुरै बीमांक रकम भुक्तानी ।
 पूर्ण स्थायी अपाङ्गताः स्थायीरुपमा अपाङ्गता भएको अवस्थामा पुरै बीमांक रकम भुक्तानी ।
आंशिक स्थायी अपाङ्गताः अपाङ्गता भएको अंगको अवस्थाको आधारमा पूर्व निर्धारित शर्त अनुसारको रकम भुक्तानी ।
स्थायी पूर्ण अपाङ्गताः आम्दानी गुमाएको अवस्थामा वास्तविक आम्दानी वा प्रत्येक हप्ता बीमांकको १ प्रतिशतमध्ये जुन रकम न्यून हुन्छ, त्यही रकम भुक्तानी दिइन्छ ।
उपचार खर्च : बढीमा बीमांकको १० प्रतिशतभित्र हुने गरी लागेको औषधोपचार खर्च ।
बीमामा समावेश नहुने जोखिमः
१) निम्न लिखित कारणबाट मृत्यु वा घाइते भएको अवस्थामा
जानाजान घाइते भएमा
आत्महत्या वा आत्महत्याको प्रयास
मदिरापान वा औषधी सेवनको प्रभावका कारण भएको दुर्घटना

यात्रु बाहेक अन्य हैसियताबाट बिमानमा वा हट एयर बलुनमा यात्रा गरेको अवस्थामा
व्हील रेस, घोडदौड, बन्जी जम्प, कावा खाने, मोटरसाइकल दौडमा सहभागी भएको अवस्थामा
पोलो खेल, शिकार, स्कुबा डाइभिङ, हिमालआरोहण र शिकारमा गएको अवस्थामा
बीमितले कुनै कानून उलंघन गरेको अवस्थामा
बाहिरी चोटपटक बाहेक स्नायुप्रणालीमा आएको कुनै गडबडीका कारण
मानसिक असन्तुलनकोे कारण
मानव जीवनको रक्षा बाहेक अन्य कुनै जोखिम मोलेको अवस्थामा
घोषित वा अघोषित यूद्धमा, नागरिक अशान्तिमा सहभागी भएको अवस्थामा
बीमालेखमा समावेश गरिएको वा नगरिएको कुनै जोखिमको परिणतिबाट अप्रत्यक्ष रुपमा नोक्सानी भएको अवस्थामा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS