IME Life
Beema Board

जीवन बीमा कम्पनीले आर्जन गरे २ अर्ब ७४ करोड प्रथम बीमा शुल्क, कसको कति ? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७ /७८ को साउन महिनामा मात्रै २ अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले साउन महिनामा मात्रै २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७ /७८ को साउन महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाइफले १८ /१८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । आइएमई लाइफले १४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनीले १३ /१३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् । यस अवधिमा सुर्या लाइफ र ज्योति लाइफले ११ /११ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७ /७८ को साउन महिनामा रिलायन्स लाइफले ९ करोड, एलआइसी नेपालले ८ करोड, सन नेपाल लाइफले पनि ८ करोड, महालक्ष्मी लाइफले ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, गुराँस लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीहरुले ५/ ५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS