IME Life
Beema Board

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले भदौ ४ गते, शुक्रबारबाट मेरो माइक्रोफाइनान्सको ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ५७६ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ६०३ रुपैयाँ र नागरिक लगानी कोषको मूल्य १४१० रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आरएमडीसी लघुवित्तको शेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्ने जनाएको छ ।

त्यसैगरी, तीन वटै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको शेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS