IME Life
Beema Board

ङादी ग्रुप पावरको २० प्रतिशत बोनश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि भोल भदौ १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश लिन तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा गर्ने जनाएको छ ।

सभाको अन्य प्रस्तावमा बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७० दशमलव ४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने प्रस्ताव पनि पारित एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा अन्य जलविद्युत कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS