IME Life

नेप्से ५५ अंकले घट्दा २० कम्पनीको शेयर मुल्यमा लाग्यो नकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समुह बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण कावेली पावरको ७१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् ।

आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज १० कम्पनीका लगानीकर्ताले १ प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS