IME Life

मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड हुँदैछ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ः३० बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ । संस्थाको प्राथमिक शेयर प्रि अलोटमेन्ट सम्पन्न भइसकेको छ ।

कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

Prabhu
Crest

अन्तिम दिनसम्ममा कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै आवेदन हो । यस आधारमा सर्वसाधारणलाई विक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS